९ मंसिर २०८१, आईतवार

जनपत्रकार संगठन नेपालद्वारा २९ औं जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन

0

काठमाडौं। जनपत्रकार संगठन नेपालले २९ औं जनयुद्ध दिवस मनाएको छ। सोमबार काठमाडौंको अनामनगरमा एक कार्यक्रमको आयोजना गरी दिप प्रज्वलन र सहिद परिवारलाई सम्मान गरेको हो ।

सहिद परिवारको तर्फबाट जनयुद्धका सहिद सिजनराज पाण्डेका बुवा सुदर्शनराज पाण्डेलाई सम्मान गरिएको थियो । सहिद पाण्डेलाई २०६२ माघ २४ गते तत्कालीन शाही नेपाली सेनाले नियन्त्रण लिई हत्या गरेको थियो ।

कार्यक्रममा मन्तव्य दिँदै जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्माले जनयुद्ध नपढिए इतिहास अधुरो हुने बताएका छन्। नेपालमा सिमित वर्गको हातमा भएको राज्य सत्तालाई अहिलेको अवस्थासम्म ल्याई पुर्याउन जनयुद्धले निकै ठूलो योगदान गरेको बताए । जनयुद्धलाई जनयुद्ध नमानेर जनयुद्धको फल खाने अपवित्र अभ्यास भएको भन्दै असन्तुष्टीसमेत व्यक्त गरेका छन् ।

उनले जनयुद्धले धेरै उपलब्धि हासिल गरेपनि पुर्ण विजयमा पुग्न नसक्दा जनाताको सपना पुरा हुन नसकेको जिकीर गरे । उनलेे भने,”जनयुद्ध कुनै व्यक्तिको चाहना भन्दापनि समाजमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक अन्तरविरोधको भयानक विस्पोटन थियोे ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।