१० कार्तिक २०८१, शनिबार

क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलनमा प्रस्तुत प्रतिवेदन वाचन सकियो

0

चितवन– नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा महासंघका निवर्तमान संयोजन श्याम सीद्वारा तयार पारिएको महासंघको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरि सकिएको छ ।
केहिबेर अघि पुर्ण सीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा “दलाल संसदिय ब्यवस्थाको अन्त्य र श्रमिक उत्पिडनका बिरुद्ध हाम्रो अभियान एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि आठौं राष्ट्रिय सम्मेलन” भन्ने मुल नाराकासाथ महासंघका निवर्तमान संयोजक श्याम सी द्वारा नेपालको वर्तमान राजनितिक अवस्था, विश्वमा भएका मजदुरहरुको अबस्था,नेपाली श्रमिक मजदुरहरुको अबस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थीती ट्रेड युनियन अधिकार, विज्ञान प्रविधिको विकासले नेपाल लगएत विश्व श्रमिक मजदुरहरुलाई पारेको प्रभाव दलाल पूंजीवादले श्रमिक मजदुरहरूलाई गरेको अपमानको प्रतिरोधको आवश्यकता, श्रमिकका प्रकार, विश्व मजदुर आन्दोलनको इतिहास आगामिक चुनौती लगाएतका बिषय समेटेर तयार पारिएको राजनितिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरि सकिएको हो ।
नेकपाका स्थायी समिति सदस्य विषम सीको प्रमुख आतिथ्यता तथा स्थायी समिति सदस्य शिलु सी, भृकुटी सी, जिवन्त सी, लगाएकता केन्द्रीय सदस्यहरुको आतिथ्यताबाट सुरु भएको वन्दसत्र बिहीवार साझसम्म चल्ने आयोजकले जनाएको छ।
बन्दसत्रको सुरुवातमै बन्दसत्रका अध्यक्ष मण्डललका अध्यक्षले पुरानो समिति भङ्ग भएको घोषणा गरिसकेका छन् ।
महासंघ इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्री जिवन्त सीका अनुसार केहीबेरमा प्रस्तुत प्रतिवेदनमाथी समुहगत छलफल गरि छलफलको निस्कर्ष अनि प्रतिनिधि प्रवेक्षकहरुको सुझावलाई समेटेर प्रतिवेदन पारित गरि सत्रको अर्को चरणमा प्रवेश गर्नेछ।
बन्दसत्रमा देशैभरका प्रतिनिधि प्रवेक्षक गरि २ सय भन्दाबढी मजदुर नेताहरुको उत्शाहजनक सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।