२ कार्तिक २०८१, शुक्रबार

समाजवाद नेकपाको वैचारिक हतियार हो : विषम सी

0

चितवन– नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विषम सीले समाजवाद नेपाल कम्युनिस्ट पार्टीको सशक्त वैचारिक हतियार भएको बतएका छन् ।
बुधबार चितवनको नारायणगढमा जारी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनको बन्द सत्रलाई प्रमुख अतिथिको रुपमा आफ्नो प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता विषमले यस्तो बताएका हुन् ।
उनले समाजवाद नेकपाको सशक्त वैचारिक हतियार भएकाले जनताले मसिनो गरि नबुझ्दासम्म भनिरहनुपर्ने बताए ।
उनले भने ,”समाजवाद हाम्रो वैचारिक हतियार हो यसलाई स्थापित नगर्दासम्म भनिराख्नु पर्छ जनताहरुलाई जगाइराख्नु पर्छ।”
उनले ३६ सालमा राजतन्त्र मुर्दावाद भन्दा हामीलाई लाेप्पा खुवाउँने गरेको स्मरण गर्दै अहिले समाजवादी भन्दा त्यस्तै भइरहेकाे बताए । उनले दोहोर्याए,” त्यहि भएर हामी उनीहरूलाई सुनाउन समाजवादी भनिरनु परेको छ, जनतालाई सचेत बनाएपछि क्रान्ति छिटाे हुन्छ, त्यहि भएर हामी जनतालाई सचेत गराई रहेका छाैं । जहाँ पनि समाजवाद भन्नुपर्छ ।”

देशैभरबाट प्रतिनिधित्व गरि आएका मजदुरका नेताहरुलाई प्रशिक्षित गर्दै नेता विषमले नेतृत्व चिन्दा विवेक पुर्यााउनुपर्ने बताए ।
उनले भने ,”जुन नेतालाई राम्रोसँग चिनिन्छ त्यो नेताको नेतृत्वलाई स्वीकार्नुपर्छ विधान प्रतिवेदन पास भएपछि नाई भन्न पाइदैन ।”

नेपालको वर्तमान राजनीतिक घटनाप्रति टिप्पणी गर्दा उनले अरू पार्टीहरू पुरानै रवाफमा रूमल्लिरहेकाले , हामी घुमिफिरी पुरानाे नाममा फर्किएको र आफुहरुले बनाउन खोजेको नेकपा ६ सालकाे नेकपा भएको ठोकुवा गरे ।
उनले भने,”काेस्टमा नाम जाेडिएका पार्टीहरू पनि कम्युनिस्ट हुन्, माओवादी नाम बदनाम भएपछि हामीले नाम फेरेका हाैं । २०६२/६३ सम्म हाम्रो पार्टी राम्रो थियाे, २०६५ पछि बदनाम भयाे त्यसैले हाम्राे पार्टीले सबै जनवर्गीय संगठनहरुकाे नाममा समाजवादी राख्ने निर्णय गरेकाे छ । त्यहि अनुसार हाम्राे संगठनकाे नाम पनि समाजवादी भएको छ।”
नेता विषमले संसदीय व्यवस्था अन्त्य गरेर समाजवादी व्यवस्था लागु गर्न र याे दलाल संसदीय व्यवस्थाकाे खाडल पुर्नका लागि नाम फेर्नु परेको बताए । पछिल्लो विश्वको मजदुरको अवस्थालाई इङि्कत गर्दै उनले नेताहरुलाई मालिकले किन्न थालेर मजदुर आन्दाेलन कमजाेर हुन पुगेको तर्क गरे ।
उनले भने,”मजदुरकाे भूमिकामा मेसिनहरू प्रयाेग हुनथालेपछि पुजीपतिहरूले अन्तराष्ट्रिय स्तरमा काम गर्न थाले मजदुरहरुले स्वषण विश्वव्यापी भयाे। हायर एण्ड फायरकाे नीति बन्न थाल्याे, मजदुरहरु ठेकेदारी प्रथामा किनबेच हुनथाले मजदुर यसरी मरेका छन् ।”
उनले,” नेपाल पुँजीवादमा आइनसकेको बताउदै नेपालमा अझै किसान आधा कृषि कर्म र आधा मजदुरी गरिरहेको जिकिर गरे।
नेपालको सन्दर्भमा कुरा गर्दै उनले नेपालका मजदुरहरू मध्यमवर्गीय र अवसरवादी भएकाले यसलाई साथमा लिएर गएमात्र क्रान्ति सम्पन्न हुने बताए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।