२ कार्तिक २०८१, शुक्रबार

अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशको प्रथम पूर्ण बैठक सम्पन्न

0

अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । विरगंज-६, आदेशनगरमा बसेको बैठकले विगतका कार्यक्रमको समीक्षा तथा आगामी योजना तर्जुमासहित कार्यन्वयन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । 

बैठकमा सबै प्रदेश समिति सदस्यहरुले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका छन् । हाल शिक्षामा भएको वर्गीय विभेद अन्त्यसहितको समाजवादी शिक्षा आजको आवश्यकता भएको भन्दै बैठकका प्रमुख अतिथि अनिल सीले संगठनका आगामी योजना, पछिल्लो राजनीतिक परिवेश र अन्तर्राष्ट्रिय विषयमा बैठकलाई प्रशिक्षित गरेका छन् ।

संगठनका केन्द्रिय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सीको अध्यक्षतामा बसेको बैठकमा नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेशका इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता रहेको छ । त्यस्तै  नेकपा पर्सा जिल्ला सेक्रेटरी फिरोज सी र विवेक सी लगायतको आतिथ्यता रहेको छ । 

बैठकले जिल्ला बैठकको मिति तय गरेको छ । साथै कार्यक्षेत्रको बाँडफाँडसहित इकाई तथा जिल्ला भेला/सम्मेलनको तयारी गर्ने निर्णय गरेको छ । जसमा चितवन/पर्सा जिल्ला इन्चार्ज सुदिप सी, मकवानपुर/बारा जिल्ला इन्चार्ज सुर्य सी र धनुषा/महोत्तरी जिल्ला इन्चार्ज रमण सी रहेका छन् । त्यसैगरी बेरोजगार विद्यार्थीहरुलाई रोजगारमा जोडाउन विशेष पहल गर्नुका साथै व्यवसाय क्षेत्रमा सहभागी गराउने निर्णय गरेको छ । 

त्यस्तै प्रचलित कानुन विपरीत लागू औषध बेचबिखन तथा कर छली गरि सामान ओसारपसारमा रोक लगाउने र शैक्षिक माफिया विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । साथै प्राकृतिक सम्पदा दोहन रोक्ने र चुरे संरक्षण कार्यमा जुट्ने निर्णय समेत गरेको छ । सँगै समाजमा व्याप्त सामाजिक विकृति, विसंगति र रुढीवादी परम्परा विरुद्ध सचेतना अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।