२ कार्तिक २०८१, शुक्रबार

भ्रष्टाचार, बलात्कार जस्तो जनधन्य अपराधलाई न्यूनीकरण गर्न हाम्रो पार्टी संघर्षमा छ : दिपेश सी

0

कटारी – नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज दिपेश सीले देशमा भएको राजनैतिक, आर्थिक, भ्रष्टाचार, बलात्कार जस्तो जनधन्य अपराधलाई न्यूनीकरण गर्न आफूहरु संघर्षमा रहेको बताएका छन् । शनिबार नेकपा कटारी नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीले देशैभर यस्ताखालका अपराधिक घटनाहरुका विरुद्धमा संघर्ष गरिरहेको बताउँदै यो व्यवस्थाका कारण जनताले दुःख पाएको बताए । १० बर्ष महान जनयुद्धमा उदयपुरबाट आफ्नो ज्यान बलिदान गर्नु हुने महान सहिदहरुलाई सम्झदै उनले अधुरो क्रान्तिलाई पूरा गर्नका लागि नेकपा जनताको मुद्दा लिएर अगाडि बढेको जानकारी गराए । उनले देशले  आर्थिक उत्पादन गर्न नसकेका कारण नेपाली दाजुभाइ दिदीबहिनी अर्बको खाडीमा पसिना बगाउन बाध्य भएको बताए ।

देशका विभिन्न समस्याहरुको समाधानका लागि नेकपाले उत्पादनको नीति लिएको बताउँदै यहि नीतिले नेपालमा वैज्ञानिक समाजवाद आउने जिकिर गरेका थिए । यो देशमा भएको सबै खाले दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापन गर्न नेकपा अगाडि बढेको जानकारी गराउदै सम्पूर्ण  वामपन्थी पार्टीहरु एकजुट हुनुपर्ने बेला आएको बताएका थिए ।

कार्यक्रमका नेकपा केन्द्रीय सदस्य सैलेश सीले देशमा ठूलो संकट आएको बताउँदै त्यो संकटलाई समाधान गर्नका लागि सबै जना एक ढिक्का भएर लाग्ने बेला आएको जिकिर गरे । उनले आफ्नो स्वार्थको लागि अमेरिकी साम्राज्यवाद घुमाउरो तरिकाले नेपालमा प्रवेश गरेको बताउदै त्यसका विरुद्ध नेपालीहरु एक ढिक्का भएर लाग्नु संघर्ष गर्नपर्नेमा जोड दिए । नेकपा केन्द्रीय सदस्य किम सीले देश संकटग्रस्त अवास्थामा पुगेको कारण सबै एकजुट हुने बेला आएको बताएका थिए ।

भेलाले कटारी नगरकमिटीमा इन्चार्ज सुरेन्द्र सी र सेक्रेटरी काजिलाल सीको नेतृत्वमा २१ जना नगरसमिति गठन गरेको हो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एमाले, कान्तिकारी कम्युनिस्ट पार्टीबाट बिद्रोह गरि जम्मा ८१ जना नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छन् । नगर नगर इन्चार्ज सुरेन्द्र सीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा संखर सीले संचालन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।