२ कार्तिक २०८१, शुक्रबार

युवा संगठन नेपाल बागमती प्रदेशले बुझायो मुख्यमन्त्रीलाई २० हजार हस्ताक्षर

0

काठमाडौँ – युवा संगठन नेपाल बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मर कट्टेललाई २० हजार हस्ताक्षर बुझाएको छ । मंगलबार संगठनले सी जातिलाई कानुनी मान्यता दिन दबाब दिने उद्येश्यले संकलित हस्ताक्षर मुख्यमन्त्रीका स्वकीय सचिव विजय बुर्लाकोटीमार्फत बुझाएको हो ।

जेष्ठ १५ देखि १८ गतेसम्म जिल्लामा चलेको अभियानबाट संकलित हस्ताक्षर र ज्ञापनपत्र मंगलबार युवा संगठन नेपाल केन्द्रीय सचिव अनिल सीको नेतृत्वमा गएको टोलीले हस्ताक्षर बुझाएको हो । हस्ताक्षर बुझाउने क्रममा सचिव अनिलले सी जातिको बारेमा व्याख्या गरेका थिए ।

युवा संगठनकै तर्फबाट केन्द्रीय सचिव अनिल सीको नेतृत्वमा हस्ताक्षर बुझाउन पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज वाटर सी,  केन्द्रीय सचिवालय सदस्य बासु सी, अशोक सी संगठनका केन्द्रीय सदस्यहरु सुमित सी, सन्तोष सी, पारस सी लगायत नेता कार्यकता हस्ताक्षर संकलन र ज्ञापनपत्र लिएर मुख्यमन्त्री कार्यालय  पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।