३ आश्विन २०८१, बिहीबार

नेकपा दाङद्वारा राप्ती प्रादेशिक अस्पतालको अनुगमन गर्दै बिरामीलाई जुस वितरण

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अनुगमन गरेको छ ।
बुधबार पार्टीका नेताकार्यकर्ताहरुले अस्पतालको अनुगमन गर्दै बिरामीहरुलाई प्रोटिनयुक्त जुस वितरण गरेका हुन् ।

अस्पतालका विभिन्न वार्डहरुमा उपचार गराइरहेका बिरामीहरु, बिरामीका कुरुवा एवम अन्य सेवाग्राहीहरुसंग सोधपुछ गर्दै पार्टीले प्राप्त सल्लाह, सुझाव एवम गुनासोहरुलाई अस्पताल प्रशासन समक्ष समेत राखेको थियो ।

नेकपाले केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ का इन्चार्ज प्रदिप सीले अस्पतालमा समस्याका चाँङ नलागेपनि अझै थुप्रै कुरा व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

उनले भने– ‘ हामीले यहाँ प्रत्यक्ष रुपमा बिरामीहरु, बिरामीका कुरुवाहरु एवम प्रतिनिधिमुलक ढंगले सेवाग्राहीसंग बुझ्दा त्यतिधेरै गुनासो प्राप्त गरेका छैनौं तर केही रचनात्मक सुझावहरु पाएका छौँ । यहाँ व्यवस्थापनको समस्या छ । स्वास्थ्य बिमा, छिटोछरितो सेवा प्रवाह, काउन्टरको भिडभाड लगाएतका समस्याहरु रहेका छन् ती हल गर्नुपर्ने हुन्छ ।’

अस्पतालको बृहत्तर विकासका लागि हामी हातेमालो गर्नेछौं ।’, नेकपा दाङका सचिव तिलक सीले भने , ‘हामी यो अस्पतालको बृहत्तर हित र विकासका लागि हातेमालो गर्न प्रतिबद्ध छौँ । यहाँ समस्या नभएका होइनन्, पुरै समस्या मात्रै छन्, सम्भावनाको कुरै छैन त्यो पनि सत्य होइन । यहाँ स-साना व्यवस्थापनका समस्याहरु धेरै छन् । शौचालयदेखि डाक्टरहरुको छिटोछरितो पहलकदमी, सरसफाइ, आवश्यक जनशक्ति र उपकरणको समस्या भएकाले बिरामीको स्वास्थ्यसंग खेलवाड हुन्छ त्यसैले यी तमाम समस्याहरु छिटो हल गर्नुपर्छ ।’

यस्तै नेकपाका प्रतिनिधिसंग कुरा गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)ले पदमराज अधिकारीले अस्पतालमा देखिएको जनशक्ति अभाव, अस्पतालमा आईसियुको व्यवस्थापन र अस्पताललाई कम्तिमा २०० सय बेड क्षमताको बनाउनका लागि पार्टीको तर्फबाट पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै अस्पतालका अध्यक्ष पदम प्रसाद न्यौपानेले सबैको सहकार्यबाट अस्पताललाई उत्कृष्ट बनाउन सकिने बताएका थिए ।

अस्पतालमा जनशक्ति र उपकरणको अभावले गर्दा जटिलता पैदा भएकाले नेकपाले राज्यलाई सकारात्मक पहल गरिदिन समेत आग्रह गरेका थिए ।

उनले भने,– ‘ तपाइँहरुका सुझाव मननयोग्य छन् । हामीले तपाईंको पार्टीले दिएका सुझावलाई सकारात्मक रुपमा ग्रहन गरेका छौँ । मुख्य कुरा अस्पतालमा जनशक्ति र उपकरणको अभाव पूर्तिका लागि राज्य जिम्मेवार बनिरहेको छैन । हामी सबैको सहकार्यबाट अस्पताललाई राम्रो बनाउने गरि सोचेका छौँ । यहाँका समस्याहरु समाधानका लागि हामी तपाइँहरुलाई र तपाइँको पार्टीलाई आग्रह गर्छौ ।’

यस्तै अस्पताल अनुगमनको क्रममा पार्टीले करिव १०० जना बिरामीलाई प्रोटिनयुक्त जुस समेत वितरण गरेको थियो ।

नेकपा दाङका सेक्रेटरी तिलक सीले अस्पतालको विकासका लागि पार्टी प्रतिबद्ध रहेको साथै राज्यलाई पार्टीको तर्फबाट पहल गर्ने समेत बताएका थिए ।

नेकपाका केन्द्रीय सदस्य एवम दाङ २ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सीको नेतृत्वमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सी, पार्टीका जिल्ला नेता रुद्र सी लगाएत पार्टीका तुलसीपुर उपमहानगर कमिटी अन्तर्गतका नेताकार्यकर्ताको उपस्थितिमा अस्पतालको अनुगमन एवम विरामीहरुलाई जुस वितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।