३० आश्विन २०८१, बुधबार

तुलसीपुरमा नेकपाको समिक्षा:पार्टी जनतामा स्थापित हुँदैछ, समाजवादबारे थप विमर्श आवश्यक

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीले तुलसीपुरमा कार्यरत जिल्ला कमिटीका उपलब्ध नेताकार्यकर्ताहरुसंग समीक्षा बैठक सम्पन्न गरेको छ ।
शुक्रबार पार्टीका पिबिएम शितल सीको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा उपलब्ध सबै जिल्ला कमिटीका नेताहरुले जिल्ला बैठक, पालिका कमिटी बैठकले गरेका निर्णयहरुको कार्यान्वयन बारे रिपोर्ट प्रस्तुत गरेका थिए ।

रिपोर्टिङको क्रममा अधिकांश नेताहरुले पार्टी जनतामा स्थापित हुँदै गएको र समाजवादबारे थप विमर्श आवश्यक रहेको बताएका हुन् ।

‘हामी जनताको तल्लो तहसम्म पुगेका छौँ । जनताले हाम्रो पार्टीलाई वैकल्पिक पार्टीको रुपमा हेरेका छन् । जनतामा पार्टी स्थापित हुँदै गएको छ तर समाजवादका बारेमा थप विमर्श आवश्यक रहेको बुद्धिजीवीहरुको सुझाब छ । समाजवादबारे ठोसठोस बहसको आवश्यकता पार्टीले महसुस गर्नुपर्दछ । नेपाली विशेषताको समाजवाद नै अहिलेको संकटको निर्विकल्प समाधान हो भन्ने बिषयमा जनतामा स्पष्ट हुँदै गएका छन्। पार्टीले चलाएका अभियानले जनतामा संसदवादीप्रती घृणा पैदा गराएको छ । संसदवादीहरु जनताबाट नाँङ्गेझार हुँदैछन्,’ एक नेताले बताए ।

समिक्षा बैठकमा प्रशिक्षाणात्मक मन्तव्य व्यक्त गर्दै पार्टीका पिबिएम शितल सीले राष्ट्रिय राजनीतिमा पार्टी लोकप्रीय बन्दै गएको बताए ।
उनले भने,– ‘ अहिले नेपालको राजनीतिक संकट झन् पछि झन् बिकराल हुँदै गएको छ । एकपछि अर्को गर्दै नेपालको संसदीय सत्ता असफल हुँदैछ । अहिले राजनीतिक संकटको समाधान नेकपाले अघि सारेको छ। हामिले यो संकटको निकास केवल नेपाली बिशेषताको समाजवादबाट हल गर्न सकिन्छ । हरेक मोर्चा वा लडाइँवाट जे जे भनेपनी हाम्रो पार्टी जनतामा लोकप्रीय बन्दै गएको छ । हामीले यसबाट आत्मरती लिने भन्दापनि अझ झनबढी जुझारु ढंगले जनताको सेवामा समर्पित हुनुपर्दछ । हामीले जनताको सेवा बाहेक अरु केही सोच्नुहुँदैन । हामी जनताको बिचमा सरल र सहज ढंगले प्रस्तुत हुनुपर्दछ । हाम्रा आनिबानी जनताको आँखामा हाले पनि नबिझाउने हुनुपर्दछ ।’

नेता शितलले पार्टीले चलाएको श्रम, संघर्ष र अनुसन्धानको राजनीतिलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने बताएका हुन् ।

यस्तै पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले पार्टीले देशको जिम्मा लिनेगरी सोचेकाले नेताकार्यकर्ताहरुले आ-आफ्ना कमिटी मातहतलाई चुस्त बनाउनुपर्ने आवश्यकता औल्याएका थिए ।

बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम ३ नं.निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सीले अहिले कम्युनिस्टको झण्डामाथी चौतर्फी हमला भएकाले त्यसको प्रतिरोध गर्न तयारी अवस्थामा रहनुपर्ने बताएका थिए ।

बैठकमा बोल्दै पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले सत्यको बाटोमा हिडेका महान कम्युनिस्टहरुको यात्रा पूरा नभएकाले नेकपाले त्यो महान अभिलाषा पूरा गर्नुपर्ने बताए ।

यस्तै बैठकमा जिल्लाको समग्र कार्यक्रमका बारेमा प्रष्ट पार्दै पार्टीका जिल्ला सचिव तिलक सीले जिल्लाभर पार्टीमा नयाँ भर्ती अभियानले नयाँ रक्तसञ्चार गरेको बताए ।
उनले नयाँ परिस्थितिको नयाँ जिम्मेवारीलाई नेताकार्यकर्ताले गहिरोगरी बोध गर्नुपर्ने बारेमा प्रष्ट पारेका हुन् ।

नेकपा तुलसीपुरका सेक्रेटरी रुद्र सीको अध्यक्षता एवम सञ्चालनमा भएको बैठकमा पार्टीका पिबिएम शितल सी, पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य एवम ३ नं.निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य एवम जिल्ला सचिव तिलक सी लगाएतको आतिथ्यता रहेको थियो ।

समीक्षा बैठकले तत्काल गर्नुपर्ने केही महत्वपूर्ण कार्यक्रमको निर्णय समेत गरेको छ ।

बैठकले असोज २५ गते सी स्मृती दिवस (मृत आफन्तजन स्मृति दिवस) मनाउने, पालिकामा जवस/मोर्चाका भेला/सम्मेलन गर्ने, लघुवित्त, मिटरव्याजका विरुद्ध जनसंघर्ष गर्ने, पार्टी सदस्यता नविकरण तत्काल गर्ने लगाएतका निर्णय गरेको जनाएको छ ।

समिक्षा बैठकहरु सबै पालिकामा गर्ने नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।