२ कार्तिक २०८१, शुक्रबार

दाङमा कांग्रेसका क्षेत्रीय सदस्य चौधरीसहित मुस्लिम समुदायका ९ जना युवा नेकपामा प्रवेश

0

तुलसीपुर । दाङमा कांग्रेसका क्षेत्रीय सदस्य सन्तोष चौधरीसहित मुस्लिम समुदायका ९ जना युवाहरुले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार घोराहीमा नेपाली कांग्रेसका २ ‘क’ श्रेत्रीय सदस्य सन्तोष चौधरी, स्वतन्त्र युवा किसन चौधरीसहित फरिद राइको नेतृत्वमा ९ जना मुस्लिम समुदायका युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

घोराही – १४ का युवा व्यवसायी फरिद राइको नेतृत्वमा ९ युवाहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । जसमा चाद राई, वारिस अली, सिरताज राई, सैजादे राई, ताज राई, प्रवेज आलम, अब्दुल सिद्दिकी र जाहिद राई रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका पिबिएम एवम केन्द्रीय न्याय विभाग प्रमुख शितल सी, पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य एवम दाङ २ नं. निर्वाचन क्षेत्र इन्चार्ज पाटन सी, पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सी, केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज विकाश सी लगाएतका नेताकार्यकर्ताले पार्टीमा नव प्रवेशीलाई स्वागत गरेका थिए ।

पार्टीमा प्रवेश गरेका नवप्रवेशी नेताहरुलाई स्वागत गर्दै नेता शितल सीले पार्टीले समाजवाद स्थापनाका लागि नेपाली जनताहरुलाई संगठित गर्ने अभियान चलाइरहेको बताए । पार्टीले चलाएको संगठित अभियानमा जोडिएर पार्टी प्रवेश गर्ने सबै जनालाई पार्टीमा उचित जिम्मेवारी र ठाउँ दिएर अगाडि बढाउने उनको भनाइ छ ।

पार्टीका घोराही उपमहानगरका सेक्रेटरी महान सीको अध्यक्षता एवं पार्टीका पोलिटब्यूरो सदस्य तथा पार्टीका केन्द्रीय न्याय विभाग प्रमुख शीतल सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सी, पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, पार्टीका केन्द्रीय सदस्यद्वय सम्झना सी र पाटन सी, पार्टी जिल्ला सेक्रेटरी तीलक सी लगायतको उपस्थिति रहेको थियो ।

यसअघि पनि दाङको दंगिशरण गाउँपालिका -४ को सिंगो बालुवा टोल, दंगिशरण गाउँपालिका -४ मौलिबाट ६ जना र तुलसीपुरको पार्टी प्रशिक्षण कार्यक्रममा झण्डै ४३ जनाले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए भने घोराहीबाट हालसम्म करिव १५ जनाले नेकपा प्रवेश गरिसकेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा अधिकांश नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताकार्यकर्ता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।