३ आश्विन २०८१, बिहीबार

प्रवासी नेपाली जनसमाज भारतको भर्चुअल प्रशिक्षण सम्पन्न

0

दिल्ली/ प्रवासी नेपाली जनसमाज भारतको भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली जनसमाज भारतको केन्द्रिय समितिद्वारा आइतबार आयोजित प्रशिक्षणमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेकपा अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सबैको आकर्षणको केन्द्र बन्दै गएको बताए । नेपालमा दलालहरु सत्ताको लागि तछाडमछाड गरिरहेको बेला नेपाल कम्युनिस्ट पार्टी श्रममा जुटेको कुरा प्रष्ट पार्दै महासचिव विप्लवले भारत प्रवासले विगतदेखि खेल्दै आएको आर्थिक, भौतिक, नैतिक, भूमिका अतुलनीय रहेको र अझै पनि थप जिम्मेवारी लिनु पर्ने कुरा उल्लेख गरे ।

मन्तव्यको क्रममा रुकुम, जाजरकोटमा गएको भुकम्पको बेला प्रवास क्षेत्रले गरेको आर्थिक सहयोग महत्त्वपूर्ण रहेको भन्दै धन्यवाद समेत व्यक्त गरेका थिए ।

दामोदर सीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको सन्चालन मोर्चाको इन्चार्ज आजादसेनले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।