३ आश्विन २०८१, बिहीबार

नेकपा स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा जारी छ । आज दिउसोदेखि सुरु भएको बैठक भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

महासचिव विप्लवले बैठकका एजेण्डाहरु प्रस्तुत गर्दै समसामयिक राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गरेका थिए । विप्लवले श्रदाञ्जली, रिपोटिङ, वैचारिक राजनीतिक कार्य, संगठनात्मक कार्य, संघर्ष, आर्थिक, सांस्कृतिक काम, निर्माण तथा नमुना कार्य, प्रकाशन तथा प्रचार प्रसार, विविधसहित १० वटा एजेण्डा प्रस्तुत गरेका थिए ।

बैठकमा स्थायी समिति सदस्यहरुले एजेण्डामाथि आफ्नो धारणा राख्दै कार्यक्षेत्रको रिपोटिङ गर्ने क्रम जारी रहेको स्थायी समिति सदस्य, जनप्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले बताए । बैठकमा महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्यहरु विषम सी, अनिल सी, उमा सी, भरत सी, सुशिल सी र पोलिट ब्युरो सदस्य दिपेश सीको उपस्थिति रहेको छ ।

१ नम्बर प्रदेश इन्चार्ज दिपेश सीलाई बैठकमा आमन्त्रीतका रुपमा बोलाइएको छ । दिपेशसहित मद्येश प्रदेशका इन्चार्ज अनिल सी, लुम्बिनी प्रदेश इन्चार्ज विषम सी र गण्डकी प्रदेश इन्चार्ज उमा सीले कार्यक्षेत्रको रिपोर्टसहित एजेण्डमाथि आफ्नो धारण राखेका छन् । बैठक भोली विहान ८ बजे पुःन बस्नेछ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।