७ पुष २०८१, आईतवार

अमेरिकी सेनालाई टापु नदिएको कारण मैले देश छोड्‌नुपर्यो : बेगम शेख हसिना

0

बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम शेख हसिनाले देशमा आफ्नो सरकारविरुद्ध भइरहेको हिंसात्मक प्रदर्शन र आफ्नो राजिनामामा अमेरिकाको हात भएको आरोप लगाएकी छन् ।

‘अमेरिकाले बंगलादेशको सेण्ट मार्टिन टापुमा सैन्य आधार शिविर बनाउन चाहन्थ्यो । जसलाई मैले अस्वीकार गरें । त्यस कारण मैले देश छोड्नुपर्यो ।’ हसिनाको गम्भीर आरोप छ । देश थप रक्तपाततिर नजाओस् भनेर आफूले राजिनामा दिएको दाबि पनि उनले गरेकी छन् ।

‘यदि मैले सेण्ट मार्टिन टापु अमेरिकालाई दिएको भए म सत्तामा रहिरहन्थे ।’, उनले दानव गरेकी छन् । हसिनाको उक्त टिप्पणीसँगै ३ वर्ग किमी मात्र क्षेत्रफल भएको सानो टापु एकाएक विश्वभरी चर्चाको शिखरमा पुगेको छ।

अमेरिकाको गिद्धे नजर किन ?

रणनीतिक दृष्टिले सेण्ट मार्टिन एशियाको सबै भन्दा महत्वपूर्ण टापु मानिएको छ । यो टापुबाट बंगालको खाडी र वरपरको भूभागमा सहजै निगरानी गर्न सकिन्छ । त्यसैगरी सो टापुसम्म संसारको कुनै पनि सामुद्रिक मार्गबाट सजिलै पुग्न सकिन्छ । यो बंगालको खाडी दक्षिण र दक्षिण–पूर्व एशियाको बिचमा साँधुको काम गर्ने टापु हो । यो क्षेत्रले संसार भरि व्यापारिक सम्बन्ध कायम गर्न सुविधा पुर्याउँछ । यो टापु भारत, चीन र नेपालको एकदमै नजिक रहेको छ । यसमा सैन्य अखडा राखेर अमेरिकाले चीन र भारतजस्ता ठूला आर्थिक शक्तिहरुमाथि नियन्त्रण कायम गर्न खोजेको थियाे । दक्षिण एशिया र दक्षिण–पूर्वी एशियामाथि नियन्त्रण कायम गर्न खोजेको थियो । त्यस कारण सो टापुको स्वामित्व आफूलाई दिन अमेरिकाले लामो समयदेखि दबाव दिइरहेको हसिनाको आरोप छ ।

के हो सेण्ट मार्टिनको इतिहास ?

सेण्ट मार्टिन टापुको निर्माण १८ औं शताब्दिमा अरबी व्यापारीहरू‌ले गरेका थिए । अरबी व्यापारीहरू‌ले बस्ती बसाए । जसको नाम उनीहरूले ‘जजिरा’ राखे । यो बंगालको खाडीको उत्तर–पूर्वी भागमा रहेको एउटा सानो टापु हो । जुन काँक्स बजार टेकनाफ टापुको माथिबाट झण्डेै ९ किलोमिटर दक्षिणमा छ । कालान्तरमा यसको केही भाग जलमग्न भयो र यसको दक्षिणी भूभाग डुब्न गयो । त्यसकारण मुख्य भूमि बंगलादेशबाट छुट्टिन गयो र एउटा टापु बन्न गयो ।

अंग्रेज शासनकालमा सेण्ट मार्टिन टापुलाई चट्‌गाउँ भनिन्थ्यो । तत्कालिन अंग्रेज डिप्टी कमिशनरको नाममा यस टापुको नाम सेण्ट मार्टिन टापु राखिएको थियो । यो टापुलाई ‘जजिरा’ टापु, कोरल टापु आदि नामले पनि चिनिन्छ।

श्रोत : प्रभात खबर दैनिक, झारखण्ड भारत
अनुवाद : अनिल सी


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।