३ आश्विन २०८१, बिहीबार

नेकपा सिन्धुपाल्चोकले समाजवाद प्राप्तिको अभियानलाई जनताको तहसम्म जोड्ने

0

बाह्रबिसे – नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्ला समितिले पार्टीले सञ्चालन गरेको समाजवाद प्राप्तिको अभियानलाई जनताको तहसम्म जोड्ने निर्णय गरेको छ ।
शनिबार बाह्रबिसेमा बसेको पार्टीको तेस्रो आवधिक योजनाको दोस्रो बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले पार्टीको स्थायी समिति र बागमति प्रदेश सचिवालयकाे बैठकले लिएका ऐतिहासिक एवम दूरगामी महत्वका निर्णयहरु अक्षरंस कार्यान्वयन गर्ने, पालिकामा ध्रुवीकरण अभियानलाई विशेष जोड दिने, कृषि उत्पादन कार्यलाई थप व्यवस्थित गर्ने, समाजवाद र स्वाधीनताको अभियानलाई जनताकाे तहसम्म पुर्याउने निर्णय गरेको छ ।

बैठकका प्रमुख अतिथि पार्टीका पाेलिट ब्युराे सदस्य एवम काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले प्रशिक्षण मन्तव्य राख्दै अब यो देशलाई समृद्धिको यात्रामा लैजाने हो भने नेकपाको नीति र नेतृत्वको विकल्प नरहेको जिकिर गरे ।

उनले भने – ‘नेपाल एउटा दलदलमा फसिरहेकाे छ याे कसले हाे उद्वार गर्ने ? नेकपाले याे जनतालाई भन्नुपर्छ र राम्रोसँग बुझाउनु पर्छ । पुजीवादी संसदीय सत्ता पूर्णरुपले असफल भइसक्यो । हामीले भनिरहेका थियौँ कि यो सत्ता देश र जनताको जीवन बदल्न सक्दैन, ढिलोचाडो यो कुरा सत्य सावित भइसक्यो । यो सत्ता असफल मात्रै होइन पूरै गन्हाइ सक्यो, यसको दुर्गन्धले नागरिकमा बेचैनी छाएको छ तर निराश हुन जरुरी छैन, हामीले यसको समाधान दिएका छौँ । यो विकृत दलाल पुजीवादको विकल्प नेपाली विशेषताको समाजवाद हो ।अब सबै समाजवाद प्रप्तिको दिशामा दृढताका साथ अघि बढौँ । नेपाली विशेषताकाे समाजवाद नेपाली जनताको चाहना हो त्यसको नेतृत्व अब नेकपाले गर्छ ।’

नेता माइला सीले सबै इमानदार, क्रान्तिकारी, देशभक्त, प्रगतिशील, इमानदार माओवादी धारा, सच्चा लोकतान्त्रिक गणतन्त्रवादीसंग सहकार्य गर्न तयार रहेको समेत बताए । बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज युगिन सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य किरण सीले पनि प्रक्षिणात्मक मन्तव्य राखेका थिए ।

जिल्ला सेक्रेटरी साेनाम सीको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका पाेलिट ब्युराे सदस्य एवम काठमाडौँ जिल्ला इन्चार्ज माइला सीको प्रमुख आतिथ्यता, पार्टीका जिल्ला इन्चार्ज युगिन सी, केन्द्रीय प्रतिनिधि सदस्य किरण सी, सहिद परिवारका नीर बहादुर सी, राजन सीकाे आतिथ्यता रहेको थियो ।

बैठकमा उपस्थित जिल्ला समितिका सदस्यहरुले आ-आफ्नो कार्यक्षेत्रको राजनीतिक रिपोर्ट पेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।