३१ भाद्र २०८१, सोमबार

मधेसमा थप ५ जना नेकपामा प्रवेश, मधेशी जनतालाई मधेशी दलहरुबाटै उत्पीडन भइरहेको छ : अनिल सी 

0

कलैया। नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य राम एकवल पटेलसहित ५ जना आज नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

कलैयामा नेकपा बाराद्वारा आयोजित ध्रुवीकरण कार्यक्रममा उनीहरुलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले अविरमाला लगाएर स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनिल सीले मधेशी जनतालाई मधेशी दलहरुले लै उत्पीडनमा पारेको बताए । उनले केही समय अगाडिको पर्साको घटना स्मरण गर्दै बिन्दवासिनी गाउँपालिकामा जनता मधेसी नै छन् मेयर मधेसी नै छ तर त्यहाँको बस्ती मेयरको आदेशमा भत्काइयो । अनि कसले दमन गर्यो त ? भन्दै जनतालाई जातको आधारमा, धर्मको आधारमा क्षेत्रियताको आधारमा एकआपसमा भिडाएर समस्याको  मूल  प्रवाहबाट बाहिर राखेर मधेसी दलहरुबाट नै शोषण/ दमन गरिरहेको बताए ।

पार्टी एकताको सन्दर्भमा बोल्दै नेता अनिलले क्रान्तिकारी विचार र नेतृत्वको आधारमा कम्युनिस्टहरुबिच ध्रुवीकरण हुनुपर्ने बताए ।

उनले आफुहरु एकता विरोधी नभएको तर एकता सत्ता, शक्तिको लागि नभई समाजवादको लागि हुनुपर्ने दाेहाेर्याए । उनले सबै पार्टीभित्र रहेका इमानदार, देशभक्त, क्रान्तिकारीहरुलाई नेकपामा ध्रुविकृत हुन आह्वान समेत गरे ।

नेपाल कम्युनिष्ट पार्टीका बारा जिल्ला इन्चार्ज बीपी सीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य अनिल सी, अतिथिहरुमा केन्द्रिय सदस्य पवन सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य द्वय जनक सी र फिरोज सी र अखिल (समाजवादी) का केन्द्रिय सचिव अटल सी रहेका थिए । कार्यक्रमको संचालन नेकपा बाराको सेक्रेटरी दिल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।