३ आश्विन २०८१, बिहीबार

मजदुर निष्कासन विरुद्ध प्रदर्शन

0

चारजना मजदुरलाई विना कारण राेजगारीबाट निष्कासन गरिएको भन्दै फलफूल तथा तरकारी बजार व्यवस्थापन कार्यालय, हेटौंडा विरुद्ध हेटौंडा बजारमा सयौं मजदुरले विरोध प्रदर्शन गरेका छन् । आक्राेशीत मजदुरहरूले श्रम कार्यालय हेटौंडाका प्रमुख छन्दनारायण श्रेष्ठलाई ज्ञापनपत्र दिदै पुनरबहालीकाे माग गरेका छन् । समाजवादी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय अध्यक्ष टेकबहादुर सीकाे नेतृत्वमा २३ गते साे ज्ञापनपत्र बुझाइएको थियो ।
मजदुर नेेताहरुले फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कृष्ण हुमागाईसहितकाे टाेलिसँग पनि छलफल गरेको हाम्रा सम्वाददाता सुर्य सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।