३ आश्विन २०८१, बिहीबार

अ.ने.म.संघ क्रान्तिकारी कर्णाली प्रदेशकाे संयोजकमा सभ्यता सी

0

अखिल नेपाल महिला संघ क्रान्तिकारी कर्णाली प्रदेशको प्रथम भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रथम भेलाले सभ्यता सीकाे संयोजकत्वमा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।

भेलाले सदस्यमा ज्ञानु फडेरा, नविना विक, सुनमाया शाही, दुर्गा राेकाया, कुशुम फडेरा, जानकी शाही, करिश्मा बिसी, कमला परियार, शितला बिसी, मिना राेकाया, रमना सी, अप्सरा बाेगटी, संगीता विक, गीता परियार, तुलसा पौडेल, अरूणा बुढाथोकी, कृति खरेल, विपना शाही, सर्मिला विक लगायत २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।

प्रथम भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले महिला अधिकारका लागि संघर्ष अनिवार्य भएको बताए। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रले ल्याएको समावेशी तथा महिलाहरुको लागि अनिवार्य अधिकार सुनिश्चित जनयुद्धले स्थापित गरेको दाबि गरे ।

कार्यक्रमको प्रमुख अतिथि तथा अ.ने.म.संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु सीले आफ्नो अधिकार प्राप्तिको लागि दलाल संसदीय व्यवस्था विरुद्ध लड्नुको विकल्प नभएको बताइन् । उनले गणतन्त्र आएपनि महिलाहरुको सम्पूर्ण अधिकार स्थापित नभएको र नेपालमा दलालहरु हाबी भएको बताइन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ध्रुव सी, याेद्दा सी, अनिल सी, सुर्खेत जिल्ला सेक्रेटरी जित सी, अखिल (समाजवादी) का केन्द्रीय सचिव प्रकाश सी, सहिद परिवार याेजना सी लगायतको आतिथ्यता रहेकाे थियाे । अनु सीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सभ्यता सीले गरेकी थिइन् । कार्यक्रममा प्रभात जनसाँस्कृतिक परिवारको पनि प्रस्तुति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।