३ आश्विन २०८१, बिहीबार

अखिल (समाजवादी) जिल्ला समिति गोरखाको बैठक सम्पन्न

0

गोरखा/ अखिल (समाजवादी) जिल्ला समिति गोरखाको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । गोरखा नगरपालिका स्थित द्रब्यशाह बहुमुखी क्याम्पसको सभाहलमा भएको उक्त बैठकको अध्यक्ष संगठनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष भीषण सीले गरेका थिए । बैठकको प्रमुख आतिथ्यता नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा गोरखा जिल्लाका इन्चार्ज कपिल सी, विशेष आतिथ्यता संगठनका केन्द्रीय सचिवालय सदस्य एवम गण्डकी प्रदेश सह-इन्चार्ज डि बि सी र गोरखा नगर सेक्रेटरी कृष्ण सीको आतिथ्यतामा सम्पन्न भएको हो । आफ्नो प्रशिक्षणात्मक मन्तव्यमा बोल्दै प्रमुख अतिथि कपिल सीले युवा विद्यार्थीलाई समाजवादी विद्यार्थी आन्दोलनमा गोलबन्द हुन आव्हान गरे । आजको युग सुहाउदो क्रान्तिको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले मात्रै गरेको र समाजवादी क्रान्तिको नेतृत्व पनि नेकपाले नै गर्ने बताउदै युवा विद्यार्थीको भविष्को सुनिश्चितता पनि समाजवादी क्रान्ति र नेकपाले गर्ने बताए । विद्यार्थी आन्दोलका प्रथम सहिद दिलबहादुर रम्तेलको गृह जिल्ला भएको र विद्यार्थी आन्दोलनमा यसको महत्व विशिष्ट रहेको बताउदै परिआए फेरिपनि अधिकारका निमित्त निर्मम आन्दोलन गर्नपनि पछि नपर्न निर्देशन दिए । त्यस्तै बैठकका विशेष अतिथीि संगठन गण्डकी प्रदेश सह-इन्चार्ज डि बिले नेपाली विशेषतासहितको नेपाली माटो सुहाउदो, श्रम र सिपसंग जोड्ने पाठ्यक्रमको विकास गरेपछि मात्र नै नेपाली समुदाय र युवा, विद्यार्थीको भविष्यको मार्ग सुनिश्चित हुने बताए । नेपालका गाउँ, समुदाय खाली हुनेगरी भएको विदेश पलायन रोक्नका लागी राज्यले कुनै योजना नबनाएको उल्टै नियोजित रुपमा पलाएनका लागि प्रोत्साहन गरिरहेको बताए । देश विकासको पहिलो खुड्किलो शिक्षा नै भएको बताउदै अबको विद्यार्थी आन्दोलन श्रम र रोजगारसंग जोडिने सिपमुलक शिक्षाका निम्ति केन्द्रीत गर्ने बताए ।

त्यस्तै नगर सेक्रेटरी कृष्ण सीले पनि प्रशिक्षित गरे र उठेका विषयको जवाफ दिदै अध्यक्ष भीषणले गोरखाको विद्यार्थी आन्दोलनको मुल प्रवाह अखिल (समाजवादी) रहेको र सबै शैक्षिक समस्याको समाधान हाम्रो संगठनले नै गर्ने र सबैले साथ दिन आह्वान गरे ।
उक्त बैठकद्वारा अखिल समाजवादी संगठनको निम्न पालिकाहरुमा संयोजकको जिम्मेवारी समेत तोकिएको छ। गोरखा नगरपालिका संयोजकमा अन्जन सी, पालुङ्गटार नगरपालिका संयोजकमा मोहित, आरुघाट गाउँपालिकामा प्रकाश,सिरानचोक गाउँपालिका संयोजकमा अजय, सहिद लखन गाउँपालिकामा रोजिना, बारपाक सुलिकोट गाउपालिकामा शान्ति,धार्चे गाउँपालिकामा धनप्रसादलाई तोकेको छ, त्यस्तै स्ववियु निर्वाचन हुने द्रब्यशाह बहुमुखी क्याम्पस गोरखामा समीक्षा, भानुभक्त बहुमुखी क्याम्पस पालुङ्ग्टारमा अस्मितालाई तोकेको छ त्यस्तै संगठनको छात्रा विभाग प्रमुखमा अन्जनालाई तोकेको छ । यसै बिचमा शिक्षालय सुधार एवम संगठन विस्तार अभियान निरन्तर संचालन भइरहेको छ । हालसम्म जिल्लाका विभिन्न क्याम्पस तथा विद्यालयमा संगठन निर्माण भएको छ भने बाँकी शैक्षिक संस्थाहरुमा पनि निर्माण गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।