३० आश्विन २०८१, बुधबार

ट्रम्प हत्या प्रयासको विश्व-तरङ्ग

0

                अनिल सी

 

 

विगत २०० वर्षको इतिहासमा संयुक्त राज्य अमेरिकाका ४ जना राष्ट्रपतिको हत्या भएको छ । त्यसैगरी ७ जना राष्ट्रपतिको हत्या प्रयास भएको छ । पछिल्लो समय १४ जुलाई २०२४ मा पूर्वराष्ट्रपति तथा राष्ट्रपति चुनाव (नोभेम्बर २०२४) का प्रत्यासी डोनाल्ड ट्रम्पको हत्या प्रयास भएको छ । यो आलेखमा घटनाक्रम र त्यसले विश्व राजनीतिमा पार्नसक्ने प्रभावको विषयमा सङ्क्षिप्त चर्चा गरिनेछ ।
चुनावी जुलुस सकेर सभाको तयारी गर्दै गर्दा २० वर्षे युवक थोमस म्याथ्यु क्रुक्सले स्वचालित राइफलद्वारा पेन्सल्भियाको बटलर शहरमा गोली चलाएका थिए । हमलावर प्रहरी बसेकै सामुन्नेको घरको छतमा बसेर ट्रम्पमाथि लगातार ८ वटा गोली दागेको थियो । बन्दुकधारी त्यसरी छतमा चढ्दासमेत प्रहरीले उसमाथि निगरानी किन गरेन र ८ पटक गोली चलाउँदासम्म नियन्त्रण किन गरेन ? चर्को प्रश्न उठेको छ । सो व्यक्ति रिपब्लिकन पार्टीकै सदस्य भएको र निजले डेमोक्रेटिक पार्टीलाई आर्थिक सहयोग गरेको तथ्य सार्वजनिक भएपछि घटना अझै रहस्यमय भएको छ ।
ट्रम्पको हत्या प्रयासपछि रगत लतपतिएका ट्रम्पले अडिग भएर ‘ँष्नजत, ँष्नजत’ भनिरहेकोले उनको मनोबल कति थियो भन्ने प्रष्ट भएको छ । जसको कारण ट्रम्पको पक्षमा अकल्पनीय लहर सृजना भएको छ । अमेरिकी अरबपति एलन मस्कले ट्रम्पको खुलेर समर्थन गरे । कार्यकर्ताका अपार उत्साह र मनोबल बढायो । ट्रम्पको हत्या प्रयासले उनको विजय सुनिश्चित भएको चर्चा एकाएक उछालिएको छ । अहिले अमेरिकामा ट्रम्पको तस्बिर अङ्कित टिशर्टले शहर रङ्गिएको छ ।
अमेरिकी प्रहरीको स्नाइपरले हमलावरलाई ‘तँ गोली चला, म प्रतिक्रिया जनाउँला’ जस्तो गरेर किन बस्यो ? आफ्नोबारेमा आक्रमण होइन, कसैले सोच्यो भने त्यो भन्दा अगाडि नै कारवाही गर्छौं भन्ने अमेरिकी सुरक्षा संयन्त्रको धज्जी उड्यो । पाकिस्तानको गत निर्वाचनमा राष्ट्रपतिका प्रत्यासी इमरान खानमाथि आक्रमण हुँदा खिसी-ट्युँरी गर्ने अमेरिकी सञ्चारको मुखमा बुझो लागेको छ । अमेरिकामा भएका मुख्य हत्याकाण्ड वा हत्या प्रयासका घटनाहरू तालिकामा हेरौं :
क्र. सं. नाम मिति हत्या हत्या प्रयास

नेपाली समय अनुसार २९ गते साँझ ६ः३० बजे आक्रमणको समयमा प्रहरीले ट्रम्पको सुरक्षामा ७५ जना प्रहरी खटाएको थियो । ४०० मिटर अग्लो छतमा निगरानी गरेको देखिएन तर अमेरिकी सेनाले समेत राष्ट्रपतिको निगरानी गरिरहेको हुन्छ ।
घरेलु दृष्टिले हेर्दा अमेरिकी चुनावमा डोनाल्ड ट्रम्प आयो भने सबै कुरा समाप्त हुन्छ भन्ने भाष्य जो बाइडेन र उनको पार्टीले निर्माण गरेको थियो । देशलाई असुरक्षित बनाउने व्यक्ति सत्तामा नआओस् भनेर कुनै देशभक्त भावनाले प्रेरित युवाले हत्या प्रयास गरेको त होइन ? भन्ने प्रश्न उठेको छ । सरकारतिर पनि आशंकाको तीर सोझिएकै छ । त्यसैगरी इरानी सैन्य नेता जनरल कासिम सुलेमानीको हत्या गरेलगत्तै इरानले ट्रम्पको हत्या गरेर बदला लिने घोषणा गरेको थियो । यद्यपि कुनै पनि आशंकाहरू पुष्टि भएका छैनन् ।
जो बाइडेनले ट्रम्पलाई देश विभाजित गर्न खोजेको आरोप लगाउँदै आएका थिए । यद्यपि उनले घटनाको निन्दा गर्दै राष्ट्रिय एकता कायम गर्न अपिल गरेर आफ्नो विरुद्ध उठिरहेको लहर मत्थर पार्ने प्रयास गरेका छन् । रुसी सरकारका प्रवक्ता दिमित्री पेसकोभले सञ्चारकर्मीसँग धारणा राख्दै राष्ट्रपतिका उमेद्वार ट्रम्पलाई राजनीतिक क्षेत्रबाट हटाउनका लागि सबै कानुनी उपायहरू, अदालतहरू, अभियोजकहरू र बदनाम गर्ने प्रयासहरू भएका र यी सबै बाहिरी
प्रयासहरू भएको थाहै छ । त्यसबाट उनको जीवन खतरामा छ भन्ने स्पष्ट नै छ” भनेका छन् । त्यसैगरी उनी थप्छन्, “वर्तमान सत्ताले यो प्रयास गरेको हो भन्नेबारे हामी पटक्कै विश्वास गर्दैनौं ।” यो भनाईबाट सरकारप्रति अन्तर्राष्ट्रिय जगतले कसरी हेरेको छ बुझ्न सकिन्छ ।
अमेरिका असभ्य र हिंश्रक पुँजीपति वर्ग सत्तारुढ भएको समाज हो । उसले आफ्नो स्वार्थका लागि हरेक अपराध नैतिक हुन्छ भन्ने नैतिक मापदण्डले समाजलाई दीक्षित गरेको छ । त्यसको सह-उत्पादन डोनाल्ड ट्रम्पको हत्या प्रयास हो ।

ट्रम्पले जिते पनि हारे पनि यो घटनाले अमेरिकासहित विश्व राजनीति र शक्ति सन्तुलनमा ठूलो प्रभाव पर्नेछ । अमेरिकालाई घरेलु मामिलामा अझ धेरै अल्झाउने छ ।
यस घटनाले अमेरिकी सुरक्षा प्रणालीप्रतिको विभ्रमको पर्दा च्यातिएको छ । ‘बाइडेनले ट्रम्पलाई रोक्नुपर्ने’ बताइरहेको बेला यो घटना भएको छ । रिपब्लिकनका शिर्ष नेताहरूले नै राष्ट्रपति बाइडेनप्रति घटनाको दोषारोपण गरेका छन् । यो घटना भयानक घटना हो । सभामा सहभागी जनमानसले चिच्याउँदै ‘बन्दुकधारी, बन्दुकधारी’ भन्दैगर्दा पनि १३० मिटरमा स्वचालित राइफलधारी पुग्दा अति विशिष्ट व्यक्तिको सुरक्षार्थ गठित ‘सिक्रेट सर्विस’ले भयानक दबाव झेलिरहेको अवस्था छ र चुनावी परिणाम प्रभावित हुने आँकलन गरिएको छ । एफबिआईले अनुसन्धान गरिरहेको संसदको संसदीय समितिले सुरक्षा प्रमुख किम्बर्ले चिटललाई सोधपुछ गर्‍यो । उता सिएनएनको एक समाचार अनुसार इरानले ट्रम्पको हत्या प्रयास गरिरहेको सूचनाअनुसार उनको सुरक्षा निगरानी बढाइएको थियो । त्यसो हो भने सुरक्षा व्यवस्थाप्रति थप आशंका पैदा हुन्छ । यता इरानले भने आफूमाथिको आरोप अस्वीकार गरेको छ ।

स्राेत:  जनपत्रिका मासिक १४ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।