३० आश्विन २०८१, बुधबार

सहिद स्मारक अनावरणको अन्तिम तयारी पूरा, विप्लव सीले महाेत्तरीमा सम्बोधन गर्ने

0

२०६० सालमा हत्या गरिएका सहिदहरु बेचु पौडेल, सरला देवकोटा, गणेश पाण्डे र भगवती स्याङ्बोको स्मृतिमा निर्मित सहिद स्मारक निर्माण कार्य पूरा भएको जिल्ला सेक्रेटरी तिलक सीले बताएका छन् ।

महोत्तरी जिल्ला, बर्दिबास नपा, किसान नगरमा निर्मित स्मारक अनावरण कार्यक्रममा प्रमुख अपतपथ नेकपाका महासचिव विप्लव सी रहने जानकारी मधेस प्रदेशका इन्चार्ज अनिल सीले दिएका छन् ।

पर्सा जिल्लाको पशासा खोलाले गढीमाई नपाका केही डुबानमा परेको र जलाधार क्षेत्रमा भएको भीषण वर्षातले खहरे तथा नदीहरुमा पानीको तह बढ्नुबाहेक ठूलो क्षति नभएको फिरोज सी, विनोद सी, कमल सी, रामकुमार सी र सप्तरीबाट किम सीले जानकारी दिएका छन् । मधेस प्रदेशमा बाढी कटानले गम्भीर प्रभाव नपरेको र आइतबार विहानैदेखि घाम लागिरहेकाले कार्यक्रम तयारी भइरहेको कताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।