३० आश्विन २०८१, बुधबार

नवलपुरमा सामना सांस्कृतिक अभियान सम्पन्न

0

नवलपुर/ सामना सांस्कृतिक अभियानले नवलपुरमा आफ्नो सांस्कृतिक प्रस्तुतिसहित अभियान सम्पन्न गरेको छ । असोज १३ गते आइतबार नवलपुर जिल्ला देवचुली नपा- १३ दलदले स्थित साहारा पार्टी प्यालेसमा आयोजित भव्य सांस्कृतिक समारोहमा विभिन्न जनवादी कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्ला इन्चार्ज पदम सीको अध्यक्षता एवम जनवादी सांस्कृतिक कलाकार माइला लामाको प्रमुख आतिथ्यतामा झण्डै ४०० मानिसको उपस्थितिबिच समाजवादका लागि सामना सांस्कृतिक अभियान -२०८१ कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कलाकार एवं पुर्व मन्त्री मणि थापा, जनवादी कलाकारहरु माइला लामा, रमण थामी, आरोह नेपाली, एवम अग्रज अतिथि जनवादी कलाकारको बृहत सांगितिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपबाट बोल्दै जनवादी कलाकार माइला लामाले देशमा सांस्कृतिक आक्रमण सबैभन्दा खतरनाक भैरहेको बताउदै सामनाले देशमा समाजवादी बहस गर्न त्यसतर्फ लैजान अभियान चलाएको बताए । उनले देशव्यापी रुपमा यस्तै कार्यक्रमहरु लैजाने तयारी रहेको समेत बताए । नेकपा नवलपूरका पार्टी इन्चार्ज पदम सीले प्रतिकुल मौसमबिच पनि निकै उत्साहजनक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र)का केन्द्रीय सदस्यहरु किसान शर्मा, धनप्रसाद सापकोटा लगायत अन्य नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।