३० आश्विन २०८१, बुधबार

शुभकामना आदानप्रदानसँगै नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले दशैं, तिहार, नेपाल सम्वत् र छट पर्व २०८१ को शुभकामना आदान प्रदानसँगै नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम स्याङ्जाको अर्जुन चौपारीमा सम्पन्न गरेको छ ।
नेपाल कम्यूनिष्ट पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उभार सीले नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रमको बारेमा प्रकाश पार्दै राखेको अवधारणामाथि छलफल हुनुका साथै उपस्थिति वक्ताहरुले आ – आफ्नो धारणा व्यक्त गरेका थिए । प्राय बोल्ने वक्ताहरुले कम्यूनिष्टहरु फुटेर कुरा उठाउनु भन्दा जुटेर जनताका विषयमा कुरा उठाइयो भने उत्पन्न समस्याको समाधान गर्न सहज ढङ्गले सकिने कुराको दाबी गरे ‌। एक वक्ताले भने, दु:खका साथ भन्नुपर्छ सबैले समाजवाद, समाजवाद भनेको सुनियो तर समाजवादमा जाने बाटो कसैले पनि तय गरेको देखिएन त्यसैले नेकपाले उठाएको नेपाली विशेषताको समाजवाद सबैलाई समेटेर समाजवादी यात्रा तय गरोस् आफुहरु पनि साथमा रहेको बताए । अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी (केन्द्र) को तर्फबाट हुमनाथ देवकोटा र नारायण प्रसाद काफ्ले, नेकपा (एमाले) को तर्फबाट प्रेम बहादुर थापा, एकिकृत समाजवादीको तर्फबाट अम्मिका देवकोटाका र पूर्व जनमुक्ति सेना प्रेम नारायण अर्याल लगाएतले बोलेका थिए ।
नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्यहरु बालकृष्ण सी, शिव गौतम सी लगाएत पालिका सदस्यहरुको उपस्थितिमा केन्द्रीय प्रतिनिधि सदस्य तथा अर्जुनचौपारी गाउँपालिका इन्चार्ज इश्वर शास्त्री सीको अध्यक्षतामा र जिल्ला सदस्य श्याम सीको स्वागतसंगै सुरु भएको कार्यक्रमको सञ्चालन केन्द्रीय प्रतिनिधि सदस्य ध्रुव सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।