३० आश्विन २०८१, बुधबार

प्रचण्डको पार्टी विघटनको डिलमा पुगेको भन्दै पुनः नेकपामा फर्किए वली

0

दाङ । केही समयअघि नेकपा माओवादी केन्द्र प्रवेश गरेका नेता डिल्ली वली पुनः विप्लव नेतृत्वको नेकपामा फर्किएका छन् ।

शुक्रबार जानकारी विज्ञप्ति जारी गर्दै नेता वलीले आफुले नेकपा माओवादी केन्द्र परित्याग गरेको जानकारी दिएका छन् ।

‘उक्त पार्टीको स्थिती हेर्दा त्यो पार्टी विघटनको डिलमा पुगेको छ । तसर्थ मैले आजैका मितिदेखि उक्त पार्टी परित्याग गरि जनताको बिचमा लोकप्रीय भइरहेको नेपाल कम्युनिस्ट पार्टीमा पुनः जोडिएको छु । अब देश र जनताको पक्षमा सकेजति निरन्तर काम गर्ने प्रतिबद्धता गर्दछु,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेता वलीले माओवादी केन्द्र प्रवेश गरेको करिब ९ महिनाको अवधीमा सो पार्टीका सम्पूर्ण गतिविधि नजिकबाट हेर्ने मौका मिलेको समेत बताएका छन् ।

उनले २०८० साल माघ महिनामा भूलबस नेपाल कम्युनिस्ट पार्टी छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको वलीले वक्तव्यमा बताएका छन् ।

शनिबार नेता वलीलाई नेकपा तुलसीपुर उपमहानगर अन्तर्गत रहने जिल्ला समितिका सदस्यहरु सम्मीलित समिक्षात्मक कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा हस्तान्तरण गरि पार्टीमा पुनः स्वागत गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीले पार्टीमा पुनः जोडिएका नेता वलीलाई पार्टीमा उचित जिम्मेवारी सहित जनताको पक्षमा काम गर्ने वातावरण मिलाइने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।