८ कार्तिक २०८१, बिहीबार

प्रगतिशील र समाजवादी आन्दोलनमा शिक्षकहरुको भूमिका विशिष्ट रहेको छ : विप्लव

0

दाङ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको जनपक्षीय र प्रगतिशिल आन्दोलनमा शिक्षकहरुको भूमिका विशिष्ट रहेको बताएका छन् ।
दाङको देउखुरीमा आयोजित अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै विप्लवले जनवादी आन्दोलनमा शिक्षकले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै पछिल्लो विकसित परिस्थितिमा समेत भूमिका बढाउनु पर्ने बताएका छन् ।
प्रगतिशील र जनवादी चेतनाबाट अभिप्रेरित शिक्षकहरुले नै वास्तविक समाजको धरातल बुझ्ने भन्दै विप्लवले देशभरि शिक्षकहरुले विद्यार्थी र समाजमार्फत समाजवादी अभियानको बहस समेत चलाउनुपर्ने बताए ।

एक अर्को प्रशंगमा महासचिव विप्लवले जनयुद्धलाई बदनाम र अपराधीकरण गराउदै पछिल्लो विकसित परिस्थिति सिर्जना गर्न खोजिएको बताए । पुराना संसदीय दलहरू भ्रष्टाचार र अनियमिततामा लिप्त हुदै जादा प्राप्त उपलब्धि समेत बदनाम हुँदै गएको र जनअधिकार खोसिएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले समाजवादी आन्दोलन सन्निकट भएको बताए ।
देशको अफ्ट्यारो परिस्थितिमा बौद्धिक समुदायको भूमिका विशिष्ट हुने बताउदै विप्लवले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्दै राष्ट्रिय समस्यामा क्रान्तिकारी र प्रगतिशील शक्तिहरुसंग हातेमालो जरुरी रहेको बताए ।
अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषदलाई सम्बोधन पछि महासचिव विप्लव भोलि दाङ देउखुरीमा आयोजित सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने पर्सी प्युठानमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।