८ कार्तिक २०८१, बिहीबार

धर्मेन्द्रका नेता विप्लवतिर

0

नेकपा (बहुमत) सर्लाहीका जिल्ला सेक्रेटरी तथा युवा माेर्चाका मधेस प्रदेश इन्चार्ज भरत पुलामी मगर, युवा नेताहरु विचारमान तामाङ, कान्छा लामा लगायत नेताहरु नेकपामा प्रवेश गरेका छन् ।
बुधबार नेकपाकाे सर्लाही जिल्ला कार्यक्रममा एक कार्यक्रमबिच नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले राताे टीका र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।

ध्रुवीकरण भएका युवा नेता भरतले एक वक्तव्य जारी गर्दै धर्मेन्द्र बास्तोला-हेमन्त ओलीले आफूलाई भ्रममा पारेर नीजि स्वार्थ पूरा गरेकाे आराेप लगाए ।

 

कार्यक्रममा नवप्रवेशी भरत पुलामी, केन्द्रीय सदस्य पवन सी, महिला नेता अम्बिका वाइबा लगायतले मन्तव्य राखेका थिए ।जिल्ला इन्चार्ज कमलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन जनक सी र स्वागत मन्तव्य रवि सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।