१० कार्तिक २०८१, शनिबार

धर्म र जातीय संस्कृतिको नाममा समाजलाई विभाजन गरियो : विप्लव

0

प्युठान/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले धर्म र जातीय संस्कृतिको नाममा समाजलाई विभाजन गर्न खोजिएको बताएका छन् ।
शुक्रबार प्युठानको जुम्रीमा आयोजित सी जाति अर्थात समानजाति बिषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै विप्लवले वर्गीय समस्या हल भएपछि मात्रै सबै खाले जातीय समस्या समाधान हुने बताएका छन् ।

विप्लवले कतिपय एनजीओकर्मीहरुले दलितको नाममा केही डलर पचाएर अनावश्यक विखण्डन र अस्थिरताको प्रचारप्रसार गरिरहेको बताए ।
विप्लवले राउटेहरुलाई जंगलमै राखेर फोटोको व्यापार गरेजस्तै कतिपयले दलितको नाममा डलरको खेतीपाती समेत गरिरहेको बताउदै त्यसतर्फ भने सचेत हुनुपर्नेमा जोड दिए ।
विप्लवले धर्म र संस्कृतिलाई देखाएर पुरानो राज्यव्यवस्थाले जातीय अन्तरविरोध बढाएको जिकिर गर्दै भने हालको बुर्जुवा र प्रतिक्रियावादी सत्ताको विकल्पमा समाजवादी व्यवस्था आएपछि मात्रै सबैखाले विभेद र कुसंस्कार हट्नेमा आफू विश्वस्त रहेको बताए ।

महासचिव विप्लवले जनताको निर्णायक शक्तिको अगाडि कुनै शक्ति टिक्न नसक्ने भन्दै राष्ट्रिय समस्या समाधानका लागि सबै जनसमुदाय एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
बेद र गीताको प्रसङ्ग उल्लेख गर्दै विप्लवले पुरानो सत्ताले जनतालाई नियन्त्रणमा राख्न र अधिकारविहिन बनाउन अनावश्यक धर्म संस्कृतिलाइ आफू अनुकूल विश्लेषण गराएको दाबी गरे ।
राजनीतिक प्रसंगमा विप्लवले संसदीय दलहरू असफल र बदनाम भएको दाबी गरेका छन् ।नेताहरू भ्रष्टाचार र राज्यदोहनमा लिप्त हुदा जनताका प्राप्त उपलब्धी गुमेको बताउदै यो प्रति गम्भीर र संवेदनशील हुन सबैलाई अपिल समेत गरे ।

भुटानी शरणार्थी,गिरिबन्धु,सहकारी ठगी जस्ता गम्भीर अनियमितता र अपराधमा नयाँ पुराना दलहरू संलग्न रहेको बताउदै यसबाट सचेत भएर प्रतिरोधमा उत्रिन ढिला गर्न नहुने बताए ।

नेकपाले सी जातीको अवधारणालाई अगाडि सारेपछी अहिले देशभर बहस चलेको छ । जातीय अन्तरविरोध र समस्यालाई सी जातीको अवधारणा मार्फत हल गर्दै सुन्दर समाजको परिकल्पना गरेको नेकपाले यसलाई कानुनी व्यवस्था समेत गर्नुपर्ने दाबी गर्दै आएको छ ।

सी जातीको कानुनी व्यवस्थाको माग गर्दै पार्टी सम्बद्ध युवा संगठनले देशभर हस्ताक्षर संकलन समेत गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मालाई समेत बुझाएको थियोे ।
प्युठानको जुम्रीमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बोल्ने विभिन्न पार्टीका वक्ताहरुले सी संस्कृति र संस्कारलाई राज्यतहबाट नितिगत व्यवस्था बनाउनेतर्फ ध्यान दिन समेत आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य बिषम सी,केन्द्रीय सदस्य सम्झना सी,सविन सी,अडिग सी लगायतको उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।