काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा दलाल पुँजीवाद जति समयसम्म रह्यो नेपाली जनताले त्यतिनै दुःख पाउने बताएका छन् । शनिबार नेकपा पुनर्गठनको दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले दलाल संसदीय पुँजीवाद रहँदासम्म जनताले दुःख पाइरहने बताएका हुन् ।
विप्लवले यो व्यवस्थाले जनताको थाप्लोमा ऋण थप्ने बाहेक अरु केही पनि गर्न नसक्ने जिकिर गरे । उनले यो व्यवस्या रहेसम्म नेपाली जनताले सुख नपाउने, नेपालमा विद्यार्थीले राम्रो शिक्षा नपाउने, युवाले राम्रो रोजगारी नपाउने, श्रमिकले राम्रो ज्याला नपाउने बताए ।
विप्लवले यो व्यवस्था अन्त्य गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी संघर्षमा रहेको बताउँदै नेपालमा समाजवाद अबको विकल्प भएको बताए ।
प्रतिक्रिया दिनुहोस्