काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको पाेलिट ब्युरो बैठक अपरान्ह १ बजेदेखि बसेर मंगलबार बिहान ८ सम्मको लागि स्थगन भएको छ ।
बैठकमा पार्टीका महासचिव विप्लवले स्थायी समितिद्वारा तयार पारेको प्रस्ताव प्रस्तुत गरेका छन् ।
मंगलबारबाट प्रस्तावमाथि धारणा राख्नेछन् । स्थायी र पिबिले थपघटसहित समृद्ध पारेको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिनेछ । स्थायी समिति र पिबि बैठकलाई केन्द्रीय समितिकाे तयारी बैठककाे रूपमा लिइएकाे जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्