काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जुझारु सीकी सासुआमा तथा जनमुक्ति सेनाकी पूर्व बटालियन कमाण्डर पन्ची धर्तिमगर (विरंगना) की आमाको निधनप्रति नेकपाले दुःख व्यक्त गरेको छ ।
सोमबार शोक वक्तत्व जारी गर्दै नेकपा महाससचिव विप्लव सीले जुझारुकी सासुआमा जुनकिरी मगरको निधनप्रति दुःख व्यक्त गरेका हुन् । उनको २०८१ साल पुष २७ गते निधन भएको थियो ।
‘सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ, रोल्पा निवासी उहाँको निधनप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ । दुःखको घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’, विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्