काठमाडौं । युवा संगठन नेपालले काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यलयमा हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीन बुँदे सहमति कार्यन्वयनमा सरकार पक्षले बेवास्ता गरेको भन्दै दबाबस्वरुप माघ ५ गतेदेखि ८ गतेसम्म संगठनले संकलन गरेको हस्ताक्षर बुझाएको हो ।
युवा संगठन नेपालका काठमाडौं जिल्ला इन्चार्ज छेम्बे सीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, संगठनका ललितपुर जिल्ला इन्चार्ज कैलाश सीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय ललितपुर र संगठनका भक्तपुर जिल्ला इन्चार्ज मदन सीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यलयमा हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको हो । साथमा संगठनकै केन्द्रिय सदस्य शुक्र सीलगाएतकाे उपस्थिति थियोे ।
सो पत्रमा नेकपाका नेताकार्यकर्ताहरुमाथि लगाइएका झुठ्ठा मुद्दाहरु खारेज, नेकपा र राज्यबीच भएको ३ बुँदे सहमति कार्यान्वयन र राजनैतिक आस्थाका बन्दी रिहाईको माग समेटिएको छ ।