२३ माघ २०८१, बुधबार

नेकपा नेता अनिल सी र मधेसका मुख्यमन्त्री सिंहबीच भेटवार्ता

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेशका इन्चार्ज अनिल सी र मधेस प्रदेशका मुख्यमन्त्री  सतिसकुमार सिंहबीच भेटवार्ता भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनकपुरमा जनसरोकारका विषयलाई लिएर भेटवार्ता भएको हो ।

भेटवार्तामा जनसरोकारका विषयमा व्यापक छलफल भएको बताइएको छ । छलफलका क्रममा मुख्यमन्त्री सिंहले नेकपाको उत्पादन नीतिको प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको नेता अनिल सीले बताए ।

मंगलबार नै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री शेषनारायण यादव, बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्री, बरिष्ठ अधिवक्ता मुकेशकुमार कार्की, बरिष्ठ फिजिसियन डाक्टर रामपरिक्षक यादव र बरिष्ठ लेखक तथा कवि रोशन जनकपुरी लगायतसँग भेटवार्ता भएको थियो ।

भेटवार्तामा नेकपाको तर्फबाट केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य शीला यादव, नेकपा केन्द्रीय सदस्य पवन सी, इन्द्रदेव सीलगायत रहेका थिए । भेटमा जनसरोकार विषयमा ध्यानमा राखेर आपसी विमर्शलाई निरन्तरता दिने सहमति भएको बताइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।