२९ माघ २०८१, मंगलवार

समाजवादी सम्पर्क मञ्चको तेस्रो राष्ट्रिय सम्मेलन चैत १६ र १७ गते हुने

0

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले देशको अहिलेको स्थिति निकै जरर्जर रहेकाले सच्चा कम्युनिस्टहरु एक भएर जानुपर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाको १०औँ पूर्ण बैठकलाई सम्बाेधन गर्दै उनले देशमा विदेशीको नाङ्गो हस्तक्षेप क्रान्तिकारीहरुलाई सह्य नहुनेसमेत
बताए ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बोल्दै प्रवक्ता प्रकाण्डले संसदिय व्यवस्था एकपछि अर्को गर्दै नाङ्गिदै गएकोले अब एकीकृत जनक्रान्तिले सबैखाले दलाल भ्रष्ट र माफियाहरुलाई खरानी पार्ने दाबी गरे ।

सम्पर्क साधारण शाखाको १०औँ पूर्ण बैठकले समाजवादी सम्पर्क मञ्च केन्द्रिय समितिको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलन चैत १६ र १७ गते गर्ने निर्णय गरेको छ ।
संगठनका इन्चार्ज रत्न सीको अध्यक्षतामा भएको बैठकमा प्रमुख आतिथ्यता पार्टीका स्थायी समिति सदस्य, बागमती प्रदेश इन्चार्ज तथा पार्टी प्रवक्ता प्रकाण्ड सीको रहेको थियो ।
विभिन्न विषयमा निर्देशनात्मक प्रशिक्षणसहित बैठकले महत्त्वपूर्ण निर्णय लिएको छ । प्रदेश केन्द्रको परिपत्र मञ्चका केन्द्रिय सदस्य जीवनले वाचन गरेका थिए भने बैठककाे सञ्चालन मञ्चका महासचिव सुशिलले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।