१६ फाल्गुन २०८१, शुक्रबार

माओवादी केन्द्रका जिल्ला सदस्यसहित १८ जना नेकपामा प्रवेश

0

कालिकोट । कालिकोटमा माओवादी केन्द्रका जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरी १८ जना नेकपामा प्रवेश गरेका छन् ।
नेकपाले बुधबार रास्कोटमा आयोजना गरेको जनसभामा माओवादी केन्द्रका जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरेर १८ जना नेकपामा प्रवेश गरेका हुन् ।
रास्कोट नगरपालिका वडा नम्वर ८ बाट माओवादी केन्द्र परित्याग गरेर मन्दीरे लुवार, पंख लुवार, गणेश लुवार, औला टमट्टा, पवन टमट्टा, नमराज टमट्टा, वडा नम्वर ६ बाट महावीरे लुवार नेकपामा प्रवेश गरेका छन् ।
यस्तै पचालझरना ९ बाट माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य मनिराम सार्की, वडा कमिटी सदस्यहरु हंस सार्की, पंख सार्की, वीर टमट्टा, पहल दर्जि, हिक्मत दर्जि, जोखे तिरुवा, वडा नम्वर ७ वाट एमालेबाट जस ऐडी, वडा नम्वर २ बाट हिक्मत विक र उमेश विक नेकपामा प्रवेश गरेका छन् ।
उनीहरुले अरु पार्टी भन्दा नेकपा जनताको जिम्मेवार र इमान्दार पार्टी देखिएकाले नेकपामा प्रवेश गरेको बताएका छन् । नवप्रवेशीहरुलाई नेकपाका महासचिव विप्लव सी लगायतका केन्द्रीय नेताहरुले फुलमाला र अविर लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।