१ चैत्र २०८१, शुक्रबार

समाजवादी मोर्चाको बैठक सम्पन्न, के–के भयो निर्णय ?

0

काठमाडौँ – आज विहान बसेको समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा मोर्चाका संयोजक विप्लव सीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले समसामयिक राजनीतिक परिस्थिति, चैत १५ गतेको घोषित कार्यक्रमको व्यवस्थापन र आगामी कार्यक्रमबारे निर्णय गरेको नेकपा प्रवक्ता प्रकाण्ड सीले बताए । बैठकले समसामयिक राजनीतिक परिस्थिति प्रतिकूल भएको निष्कर्ष निकालेको उनको भनाई छ ।

समाजवादी मोर्चाको बैठकमा आइतबार राजावादीहरुको प्रदर्शन लगायत समग्र परिस्थितिबारे चर्चा भएको र यो अवस्था निकै प्रतिकूल भएको निष्कर्ष निकालिएको उनले बताए। ‘विशेषगरी गणतन्त्र, राष्ट्रियता र समाजवादको यात्रालाई चुनौती दिएको भन्ने निष्कर्ष रह्यो,’ उनले भने ।

समाजवादी मोर्चाले वर्तमान परिस्थितिको गाम्भीर्यता र समाधानका उपायहरूका बारेमा शनिबार बुद्धिजीवि र नागरिक समाजसँग अन्तर्क्रिया गर्ने निर्णय पनि गरेको नेता प्रकाण्डले बताए । उनका अनुसार अन्तर्क्रिया भोलि बिहान ११ बजे ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा हुनेछ ।

‘जनताका विरूद्ध, स्वाधीनता र जनताका अधिकारका विरूद्धमा गणतन्त्र र समाजवादका विरूद्धमा भइरहेका षड्यन्त्र भइरहेका छन् । गडबढी गर्ने मानसिकताको पछिल्लो दिनमा भद्दा ढंगले देखिन थालेको छ । यही विषयमा केन्द्रीत गरेर अन्तर्क्रिया गर्न लागेका हौं,’ उनले भने । भोलि दिउँसो तीन बजे वर्तमान परिस्थितिको बारेमा जनतालाई सुसूचित गराउन पत्रकार सम्मेलन गर्ने निर्णय भएको पनि उनले बताए ।

मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शन र विरोध सभा गर्दैछ । त्यसलाई सफल बनाउने विषयमा पनि छलफल भएको नेता प्रकाण्डले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।