६ चैत्र २०८१, बुधबार

सहिद अजबलाल यादव स्मारक सरसफाई गर्दै नेकपा

0

धनुषा – नेपाल कम्युनिस्ट पार्टी धनुषाका कार्यकर्ताहरुले धनुषाधाम नगरपालिका -३ धनुषा जिल्लामा रहेको जनयुद्धका सहिद अजबलाल यादवको स्मारक सरसफाई तथा रङरोगन गरेका छन् ।

नेकपाका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इञ्चार्ज अनिल सी सहित केन्द्रीय सदस्य जनक सी, कालिगढ होकांङ् सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य गौरीप्रसाद यादव, नरेश सी र विनोद सीले सो स्मारक अद्यावधिक गरेका हुन् ।

आगामी चैत ९ गते धनुषा- धाममा हुने अजबलाल स्मृति दिवशको सन्दर्भमा सो सरसफाइ भएको नेकपा मधेश प्रदेशले जनाएको छ ।

यादवको २४औं स्मृति दिवसमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता हुनेछ भने समाजवादी मोर्चाका शिर्षस्थ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

स्मृति दिवसको अवसरमा १६ जना योद्धालाई सम्मान तथा कदरपत्र प्रदान गर्ने यादव स्मृति प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।