
पोखरा – नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन समाजवादी ट्रेड युनियन महासंघले वैशाख १८ गतेको मई दिवस ( may day) पोखरामा मनाउने भएको छ ।
नेकपा केन्द्रीय कार्यालयको निर्देशनमा यसपटकको ( may day) अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस पोखरामा मनाउन लागिएको समाजवादी ट्रेड युनियन महासंघले जनाएको हो ।
उक्त दिवसका लागि भव्य तयारी भैरहेको नेकपाकी स्थायी समिति सदस्य तथा संगठनकी फ्याक्सन इन्चार्ज शिलु सीले बताएकी छिन् । नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गैरहेको कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण मजदुर नेता र कार्यकर्ताहरुलाई मजदुर संगठनका अध्यक्ष टेक प्रधानले अपिल गरेका छन् ।
शुक्रबार अपरान्ह संगठनका उपलब्ध नेताहरु र कार्यालयको बैठकमा निर्देशन जारी गर्दै फ्याक्सन इञ्चार्ज शिलुले सम्पूर्ण काम पोखरामा केन्द्रित गर्नुपर्ने बताइन् । बैठकपछि संगठनका अध्यक्ष प्रधानले एक विज्ञप्ति जारी गर्दै मई दिवसका जारी आर्थिक अभियान पनि अर्को सूचना नआउन्जेलसम्मलाई स्थगित गरिएको बताएका छन् । साथै सम्पूर्ण श्रमजीवि मजदुरहरुलाई कार्यक्रममा उपस्थितिका लागि अपिलसमेत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्न महासचिव विप्लव बैशाख १७ गते नै पोखरा प्रस्थान गर्ने आयोजकले जनाएको छ ।