
जनकपुर – धनुषा जिल्लाका मिटर व्याज पीडितहरुले सयौँको संख्यामा उपस्थित भएर विरोध जुलुससहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । जनकपुरमा रहेको गोपाल धर्मशाबाट अपरान्ड २ बजे प्रारम्भ भएको विरोध जुलुस सर्वोच्च अदालत, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।
जुलुसपछि धनुषा जिल्ला प्रमुख अधिकारी (सिडिओ) रामु राज कडरीयालाई ज्ञापनपत्र बुझाएका थिए । जुलुसको नेतृत्व नेकपाका केन्द्रीय सदस्य तथा सभासद् शिला यादवले गरेकी थिइन् ।
उक्त विरोध प्रदर्शनपछि भएको सभामा शिला सी, लक्ष्मण सी र राजाराम यादवले सम्बोधन गर्दै सूदखोरी र प्रशासनिक दमनको निन्दा गरेका थिए । ज्ञापनपत्रमा मिटर व्याज पीडितमाथि दमन रोक्नपर्ने, मिटर व्याजी, सूदखोर दलाललाई कारबाही गर्नुपर्ने लगायतका माग समेटिएका थिए ।
प्रतिक्रिया दिनुहोस्