२२ बैशाख २०८२, सोमबार

श्रमिक समुदायमाथिको विभेद आजपनि हटेको छैन : सन्तोषी सी

0

बाँके । नेकपाको श्रमिक समुदाय केन्द्रीय विभागका प्रमुख सन्तोषी सीले श्रमिक समुदायमाथिको विभेद आजपनि नहटेको बताएकी छन् ।
आइतबार कोहलपुरमा ‘नेपाली विशेषताको समाजवादका लागि श्रमिक समुदायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रीय विभाग प्रमुख सन्तोषी सीले श्रमिक समुदायमाथिको विभेद आजपनि नहटेको बताएकी हुन् ।
उनले जनयुद्धले ल्याएको गणतन्त्रमा आजपनि श्रमिक समुदायमाथि अन्तरजातीय विवाह गरेको विषयमा ज्यान लिनेसम्मका जघन्य अपराधहरु भएको टिप्पणी गरिन् । केन्द्रीय विभाग प्रमुख सन्तोषीले कतिपय ठाउँमा आजपनि पानी छोएको विषयमा श्रमिक समुदायमाथि छुवाछुत हुने गरेको भन्दै अहिलेको व्यवस्था श्रमिक समुदायको हितमा नभएको बताइन् ।
‘आज कपडा सिलाएर इज्जत ढाक्ने श्रमिक समुदाय हो । जुत्ता सिलाएर खुट्टाको सुरक्षा गर्ने श्रमिक समुदाय हो । सौन्दर्यका गरगहना बनाउने श्रमिक समुदाय हो । घर बनाउने श्रमिक समुदाय हो । मठमन्दीर बनाउने श्रमिक समुदाय हो । तर त्यही समुदायमाथि दलाल व्यवस्थाले अपमान गर्दै छुवाछुत तथा विभेद गरेको छ’ केन्द्रीय विभाग प्रमुख सन्तोषीले भनिन् ।
उनले श्रमिक समुदायहरुले बेलाबेला आफ्नो हक र अधिकारको लागि आन्दोलन गरेर रगत बगाएपनि नेताहरुको गद्दारीले धोका खानु परेको बताइन् ।
जनयुद्धमा श्रमिक समुदायले ठुलो योगदान गरेको चर्चा गर्दै नेता सन्तोषीले जनयुद्धका कारण केही हकअधिकारहरु स्थापित भएपनि प्रयाप्त हुन नसकेको टिप्पणी गरिन् ।
कार्यक्रममा ८ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्दै उनले श्रमिक समूदायका समस्या र अबको समाधनबारे चर्चा गरिन् ।
उनले नेपाली विशेषताको समाजवाद नै अबको समाधानको विकल्प हुने धारणा राखिन् । केन्द्रीय विभाग प्रमुख सन्तोषीले सबै श्रमिक समुदायलाई एकताबद्ध हुन र एकपटक साथ लिन अपिल पनि गरिन् ।
कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले श्रमिक समुदायको लागि बेला बेला धोका भएको भन्दै नेपाली विशेषताको समाजवादमा प्रतिनिधित्वको प्रणाली ठोस गरिनु पर्ने सुझाव दिए ।
नेकपा माओवादी केन्द्रका सिलाई कटाई संघका प्रदेश सहसंयोजक शालिकरामले एकपटक विप्लवको आस गरेको भन्दै अरुबाट श्रमिक समुदायको मुक्ति हुने आसा नगरेको बताए ।
कार्यक्रममा बाेल्ने अधिकाँश वक्ताहरुले श्रमिक समुदायको मुक्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नारायण सी र शोभा सीको आतिथ्यता रहेको थियो । नेकपाका केन्द्रीय सदस्य कल्पना सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपा बाँकेका सचिव दिपक सीले गरेका थिए ।

चिन्तन र दृष्टिकोणमा विप्लवले नयाँ समाधान दिनु भएको छ : रक्तिम सी
बाँके । नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला इन्चार्ज रक्तिम सीले कम्युनिष्ट आन्दोलनमा कसैले पनि समाधान दिन नसकेको विषय चिन्तन र दृष्टिकोणमा विप्लवले नयाँ समाधान दिएको बताएका छन् ।
आइतबार कोहलपुरमा भएको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा बाँके जिल्ला इन्चार्ज रक्तिम सीले कम्युनिष्ट आन्दोलनमा कसैले पनि दिन नसेको विषय चिन्तन र दृष्टिकोणमा विप्लवले नयाँ समाधान दिएको बताए ।
उनले विप्लवले संस्कार संस्कृति, अर्थ दुष्टिकोण र राजनीतिमा नयाँ समाधान दिएको दाबी गरे । ‘महासविच विप्लवले राजनीतिमा नेपाली विशेषताको समाजवाद, अर्थमा एकीकृत स्वामित्व, संस्कृतिमा सी संस्कृति र जातिमा सी जातिको नयाँ दृष्टिकोणसहित समाधान दिएका छन्’ नेता रक्तिम सीले भनिन्, ‘यो नेपालका कुनैपनि कम्युनिष्टहरुले समाधान दिन सकेका थिएनन् दलित शब्दमा श्रमिक शब्दको नयाँ शब्द पनि विप्लवले दिएका छन्, यो नेपालका श्रमिक समुदायको लागि गौरवको विषय हो ।’
उनले नेपाली विशेषताको समाजवाद विना नेपालका श्रमिक समुदायमाथि हुने सबैखालका विभेद र उत्पीडनहरु अन्त्य नहुने ठोकुवा गरे ।
नेकपाका पिबिएम समेत रहेका नेता रक्तिमले धर्म नै कम्युनिष्टहरुको दुश्मन भएको बताउदै धर्मले गर्दा श्रमिक समुदाय तथा आम श्रमजीवी समुदायमाथि उत्पीडन कायम भएको जिकिर गरे ।
नेता रक्तिमले अहिलेपनि श्रमिक समुदायमाथिको विभेद अन्त हुन नसेको भन्दै नेपालमा एकीकृत जनक्रान्तिको माध्यमबाट समाजवादमा पुगेर मात्र सम्पूर्ण विभेदहरुको समाप्त हुने विश्वास दिलाए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।