१८ बैशाख २०८१, मंगलवार

नेकपा कास्कीको तेस्रो पूर्ण बैठक सम्पन्न

0

निरुता विक, कास्की ।
नेपाल कम्युनिष्ट पार्टिले तत्कालिन माओवादी पार्टि शान्ति प्रकृयामा जादाँ को समय देखी नै बैज्ञानिक समाजवादका लागी संघर्ष गर्दै आएको कुरा सर्वविधित छ ।

नेपाल कम्यूनिष्ट पार्टिको नवनिर्मित केन्द्रीय समितिको बैठक पस्चात बसेको जिल्ला समिति कास्कीको बैठक देशका निमित्त विभिन्न जनहितकारी आन्दोलनमा आफ्नो ज्यान अर्पण गर्ने शहित वेपता तथा घाइते अपाङ्ग को सम्झना एवम् सम्मानमा मौनधारण गरेर सुरु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पार्टिका थाईकमिटी सदस्य क. शिलु सि उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा कास्की जिल्लाका सेक्रेटरि क. काजी सि ले पार्टिको ९औं महाधिवेशनको परिपत्र वाचन गर्नु भएको थियो भने प्रशिक्षण प्रमुख अतिथिले दिनु भएको थियो ।

प्रतिवेदन लाई प्रस्ट पार्दै क. शिलु सि ले सम्पुर्ण जिल्ला कमिटि सदस्यले अनिवार्य रूपमा सामाजिक जात का रूपमा सि अर्थात साम्यवादी प्रयोग गर्ने, सुचारु गरिएका भौतिक निर्माण कार्य सम्पन्न गर्ने कुरा राख्नु भयो ।

अब पात्र मात्र होइन प्रणालि परिवर्तन गर्नुपर्छ । राजनैतिक दर्शनको अभिप्रायलाई समय अनुसार विकसीत गर्दै लानुपर्छ । एककृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद सम्म पुग्नु पर्ने कुरा प्रमुख अतिथिले राख्नु  भएको थियो । साथ साथै कात्तिक २८ गते विशेष खुल्ला आमसभा सम्पन्न गर्ने निर्णयका साथ बैठक सम्पन्न भयो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।