७ बैशाख २०८१, शुक्रबार

नेकपा जाजरकोटको चुनावी गतिविधि नगर्न अपिल

0

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जाजरकोटका विभिन्न क्षेत्रमा सम्पुर्ण राजनीतिक दललाई चुनावी गतिविधि नगर्न अपिल गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक नवौ महाधिवेशन सम्पन्न पस्चात वसेको केन्द्रीय समितिले संघ र प्रदेश निर्वाचन दलाल संसदिय पुँजीवादी व्यवस्थाको नविकरण मात्र भएकोले व्यक्ती हैन व्यवस्था वदल्नु आजको आवश्यकता भएको निस्कर्ष निकाल्दै चुनाव सशक्त खारेज गर्ने निर्णय सर्कुलर गरिसकेको छ ।

नेपाल कम्युनिट पार्टी, वैज्ञानिक समाजवादी पार्टी र नेकपा वीच चुनाव वहिस्कार खारेजी संयुक्त चुनाव भण्डाफोर कार्याक्रम प्रेस विज्ञप्ती मार्पmत सार्वजनिक गरिसकेको छ । केन्द्रीय सामना परिवार चुनाव वहिस्कार/खारेजी अभियान देश दौदाहमै छ ।

शान्ति, समानता, स्वाधीनता र समृद्धीकरणकालागी वैज्ञानिक समाजवाद प्राप्त गरौ ! कथित संघ र प्रदेशको मंसिर चारको चुनाव खारेज गरौ !! भन्ने नाराकासाथ चुनाव खारेजी अभियान देश व्यापी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।