१३ बैशाख २०८१, बिहीबार

नेकपा मकवानपुरको संसदीय चुनाव विरुद्ध मसाल जुलुस प्रदर्शन

0

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आगामी मंसिर ४ गते हुने संसदीय चुनाव खारेजीको माग गर्दै मसाल जुलुस निकालेको छ । खर्चिलो र अर्थहिन चुनावको कुनै औचित्य नभएकोले खारेज गरिनुपर्छ भन्दै चुनावको विरुद्ध मसाल जुलुस प्रदर्शन निकालिएको हो ।

नेकपा मकवानपुरले सोमबार साँझ दुई छुट्टाछुट्टै ठाउँमा मसाल जुलुस निकालेको हो । हेटौंडा-१५ भोर्ले स्थित हेल्थपोस्ट चोकमा जुलुस र्‍याली पश्चात् कोणसभा भएको छ । कोणसभामा बोल्दै नेकपाका केन्द्रिय सदस्य राम सीले आगामी मंसिर ४ गते हुने संसदीय व्यवस्थाको खर्चिलो चुनाव खारेज गर्नु जनताको अधिकार भएको बताए ।

त्यस्तै मनहरी-३ पाल्दमार स्थित पुलचोकमा पनि मसाल जुलुस तथा कोणसभा भएको छ । उक्त कोणसभामा जिल्ला सेक्रेटरी सुर्य सीले मन्तव्य राखेका थिए भने जिल्ला सचिवालय सदस्य गुण सीले सन्चालन गरेका थिए ।

दुई छुट्टाछुट्टै ठाउँमा भएको मसाल जुलुस तथा कोणसभामा प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न चुनाव खारेज गरौं ! भन्दै विभिन्न नाराहरु लगाइएका थिए । साथै नेकपाले अर्थहिन संसदीय चुनावमा भोट नहाल्न पनि सबै वडा, गाउँं नगर र जिल्ला बासीलाई अपिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।