१३ बैशाख २०८१, बिहीबार

व्यक्ति होइन व्यवस्था चुन्ने चुनाव चाहिन्छ : नेकपा अछाम

0

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले व्यक्ति होइन व्यवस्था छान्ने चुनाव आवश्यक रहेको भन्दै आसन्न मङ्सिर ४ गते हुने भनिएको संसदिय निर्वाचन विरुद्ध जिल्लाव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
मङ्गलबार जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर १२ मा सम्पन्न तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको जिल्ला सेक्रेटरी लोकेन्द्र सीद्वारा जारी प्रेस विज्ञप्तीमार्फत जानकारी गरिएको छ ।

मुलुकमा भ्रष्टाचार, महङ्गी, कालोबजारी र सामाजिक असुरक्षा तथा अस्थिरता बढ्दै गएको र त्यसलाई समाधान गर्न यो व्यवस्था अन्तर्गत असम्भव रहेको, पार्टीका नेताहरूलाई भोट गर्दागर्दै जनताहरु आजित भैसकेकोले अब तिनै पार्टी र नेतालाई चुन्नु भनेको समस्यालाई बल्झाउने काम मात्र हुने भन्दै मतदाताहरु सचेत रहनु पर्ने र त्यसका लागि प्रचारप्रसार र भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला सेक्रेटरी लोकेन्द्र सिको अध्यक्षता र केन्द्रिय सदस्य सरिता सिको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टी केन्द्रको परिपत्र वाचन गर्दै महाधिवेशनको भाव र आगामी योजनाबारे केन्द्रिय सदस्य सरिता सीले प्रशिक्षण गरेको सेक्रेटरी लोकेन्द्र सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।