८ बैशाख २०८१, शनिबार

चुनाव खारेजी अभियानमा सहभागी हुन नेकपा ओखलढुंगाको अपिल

0

ओखलढुंगा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ओखलढुंगाले आगामी संसदिय चुनावको कुनै औचित्य नभएकाले आफ्नो पार्टीले लिएको खारेजी अभियानमा सहभागी हुन जिल्लावासीलाई अपिल गर्ने निर्णय गरेको छ । मङ्गलबार जिल्ला सेक्रेटरी दिनेश सी र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विवेक सीको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको ओखलढुंगास्थित नेकपा जिल्ला सदस्य अनिता सीले जानकारी दिएकी छन् ।

नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाको बैठकले चुनावको भण्डाफोर गर्न प्रचारात्मक काम गर्ने, पार्टीलाई आत्मनिर्भर र श्रमशिल बनाउन उत्पादन सम्बन्धि काम तत्काल थालनी गर्ने निर्णय समेत गरेको छ । जिल्ला सेक्रेटरी दिनेश सीको अध्यक्षता र केन्द्रिय सदस्य विवेक सीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा हालै सम्पन्न नवौं महाधिवेशनद्वारा पारित निर्णयहरु र सैद्धान्तिक निचोडहरुलाई प्रशिक्षण र भाव सम्प्रेषण गर्ने काम केन्द्रिय सदस्य विवेक सिले गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।