
अछाम/ नेपाल कम्युनिस्ट पार्टीले समाजवादी व्यवस्थाको पक्षमा जनमत निर्माण गर्न` समाजवादका लागि जागरण अभियान´ सञ्चालन गरेको छ । यही चैत १३ गते मङ्गलसेन नगरपालिका अन्तर्गत वडा न१४ कालागाउँबाट अभियान सञ्चालन गरिएको हो ।
अभियानको क्रममा स्थानीय समुदायसङ्ग देशको वर्तमान परिस्थिति, आर्थिक राजनीतिक संकट, विद्यमान व्यवस्थाका विकृति र नयाँ वैकल्पिक व्यवस्थाको रूपमा नेपाली विशेषताको समाजवादका विषयमा विमर्श गर्ने र जनताको सुझाव ग्रहण गर्ने गरेको नेकपा अछामका सेक्रेटरी निरक सीले बताए ।
अभियानको क्रममा कालागाउँ, कुइका, चाल्सा, मुली र धमालीका स्थानीयसङ्ग भेटघाट, घरदैलो र कोणसभा सम्पन्न भइसकेका छन् भने जनताले स्थानीय विकास निर्माणमा राजनीतिकरण हुनु, किसानहरुले खेतीपातीका लागि बिउ, सिचाइ सुबिधा र उत्पादित वस्तुको बजारीकरणको अभाव लगाएतका समस्या रहेको बताएका छन् ।
अभियानको क्रममा नेकपाले कमलबजार अन्तर्गत वडा नम्बर २ मुलीका किसान जनक बिष्ट, तुर्माखाद गाउँपालिका अन्तर्गत धमालीका किसान गणेश धमाला,ध्रुब धमाला, मिन बिष्ट र जोरासिंह खत्रीलाई उत्कृष्ट कृषि कर्म गरेको भन्दै सम्मान समेत गरिएको छ।
अभियानको नेतृत्व नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मिना सी `सरिता´ले गरेकी छन् भने टोलिमा सेक्रेटरी निरक,केन्द्रीय प्रतिनिधि सदस्य विकास र विद्यार्थी नेता एकेन्द्र सहितको सहभागिता रहेको बताइएको छ।