१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री प्रचण्ड र विप्लवबिच भेटवार्ता

देशको स्थितिबारे गम्भीर छलफल

0

काठमाडौ / प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबिच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटार स्थित आज साझ ६ बजे दुई नेताबिच भेटबार्ता भएको हो।

भेटघाटमा देशको समसामयिक राजनीतिक समस्याको विषयमा गम्भीरतापुर्वक छलफल भएको छ ।त्यसैगरी दुई पार्टीका आ-आफ्ना सोच र अडान भएपनि ‘समाजवादी मोर्चा ‘ गठनको विषयमा नेताहरू विच सकारात्मक कुराकानी भएको बताईएको छ ।

भेटघाटको क्रममा रेशम चौधरी सहित नेकपा सम्बद्ध आस्थाका बन्दीहरुको रिहाई र झुटा मुद्धा खारेजीको विषयमा समेत कुराकानी भएको र बन्दीहरू रिहा गर्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको कुरा महासचिव विप्लवको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा नेकपा प्रवक्ता प्रकाण्ड सी, पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल र माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा समेत सहभागी रहेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।