६ जेष्ठ २०८१, आईतवार

युवा संगठनले सम्मेलनको तयारी तिव्र पार्याे

0

काठमाडौं: पुस २४ गते १ नम्बर प्रदेशका नेकपाका केन्द्रीय सदस्यहरु, युवा नेताहरूको विशेष बैठकले युवा संगठन नेपालको राष्ट्रिय सम्मेलनकाे तयारीको कामको समिक्षा गर्दै सम्मेलनकाे तयारीलाई तिव्र पार्ने निर्णय टगरेको छ ।

नेकपाकी स्थायी समिति सदस्य तथा फ्र्याक्सन इन्चार्ज शिलुकाे प्रमुख आतिथ्यतामा सुनसरी जिल्ला इटहरीमा भएको बैठकमा नेताहरू दिपेश, जुझारु, पाटन जङ्गली लगायत नेताहरू उपस्थित थिए । प्रमुख अतिथि शिलुले देश संकटतिर धकेलिएको, विदेशी हस्तक्षेपले सिमा नाघेको र देशभक्त तथा क्रान्तिकारी शक्तिमाथि दमन सुरु भएको बताइन् । प्रतिरोध संघर्षलाई उठाउन जुझारु संगठन निर्माण गर्न निर्देशन दिएकी थिइन् ।


युवा संगठन नेपालले चैत २४-२८ मा धनगढीमा पाचौं राष्ट्रिय सम्मेलन गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।