२६ बैशाख २०८१, बुधबार

नेकपाका महासचिव विप्लव सीकाे अन्तर्वार्तासहित जनपत्रिका मासिक माघ अङ्क प्रकाशित

0

२८ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा जनपत्रिका राष्ट्रिय मासिककाे माघ अङ्क प्रकाशित भएको छ । जनयुद्धको विषयमा केन्द्रीत भएर नेकपाका महासचिव विप्लव सीकाे अन्तर्वार्ता रहेको साे अङ्कमा जनयुद्धको अनुसन्धानमूलक चिरफार पनि गरिएको छ ।
जनयुद्ध प्रारम्भ गर्नु पूर्वका वैचारिक, राजनीतिक, सांगठनिक गतिविधि समावेश गरिएको छ । जसमा जनयुद्धका मुख्य-मुख्य फाैजी माेर्चाहरु र त्यसका विशेषताहरु उल्लेख छ । त्यसैगरी जनयुद्धको चर्चा हुँदा शहरी क्षेत्रकाे भूमिकालाई न्युनीकरण गरिएको गुनासो आउने गर्दछ । त्यसलाई ध्यान दिदै ‘राजधानीमा जनयुद्ध’ उपशिर्षकमा काठमाडौं, ललितपुर र भक्तपुरका घटनाक्रमहरु समावेश गरिएको छ । त्यसैगरी ‘दिल्लीको जेल धराप’ अर्को उल्लेख्य सामाग्री रहेको छ ।
मंसिरमा नेकपा महासचिव विप्लवसहितकाे ‘राेल्पा मिशन’ केन्द्रीत शब्द चित्र ‘छाेपिएका नायकहरु !’ शिर्षककाे अनिल सीकाे लेख रहेको छ । जसमा राेल्पाका साहस, हाङ, पत्थर, सहिद दीर्घ, केन्द्रीय कार्यालयका शाेभा आचार्य, विरकुश ज्वाला र गाेरखकी सुशीला भुजेलकाे गाैरवगाथा समेटिएको छ । अन्तर्राष्ट्रिय विषयमा भारत-माल्दिभ्स सम्बन्ध र विज्ञान प्रविधिमा वैज्ञानिक आइन्सटाइनकाे सिद्धान्त समावेश गरिएको छ ।
‘जनपत्रिकाकाे हरेक विशेष अङ्क’ रहँदै आएकाे सन्दर्भमा माघ अङ्क विचार र भावना दुवै दृष्टिले जनयुद्धमा केन्द्रीत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।