३ जेष्ठ २०८१, बिहीबार

जनयुद्धका अपूरा लक्ष्य, उद्देश्य एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने युवा संगठनकाे प्रतिबद्धता

0

दाङ । नेकपाको सहायक संगठन युवा संगठन नेपालले महान जनयुद्धका अपूरा लक्ष्य, उद्देश्यहरु एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
आज मंगलबार फागुन १ गते महान जनयुद्धको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै संगठनले उक्त प्रतिबद्धता व्यक्त गरेको हो ।

संगठनका पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पाटन जंगली सीको हस्ताक्षरमा हस्ताक्षरित वक्तव्यमा भनिएको छ – ‘नेपाली राजनीतिक इतिहासको युगान्तकारी परिवर्तनको समबाहक बनेको महान दस वर्षे जनयुद्ध नेपाली जनताद्वारा संचालित राजनितिक वर्ग संघर्ष थियो । २३८ वर्षिय सामान्तवादी राज्य ब्यवस्थाको थिचोमिचो तथा उत्पीडनका विरुद्ध नेपाली जनताले २०५२ फाल्गुन १ गते गरेको बिद्रोहको संखघोष थियो । राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य र नयाँ जनवादी राज्य व्यवस्थाको स्थापना गर्ने न्युनतम कार्यक्रम सहित लाखौं जनताले बिद्रोहको झण्डा बोकेको आज ठिक २९ वर्ष पूरा भएको छ । पटक पटक नेपाली जनताले गरेका सशक्त र सशस्त्र विद्रोहहरुको उच्च रुप महान जनयुद्ध थियो । २०५२ देखि २०६२/६३ सम्म चलेको महान जनयुद्धले सामन्तबादी राज्य व्यवस्थाको अन्त्य संगै राजनीतिक, सामाजिक, जातजाति, क्षेत्र, लिङ्ग, भाषा तथा नागरिकका आधारभुत आधिकारहरुमा व्यापक परिवर्तन ल्याएको छ ।’

वक्तव्यमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा संचालित महान दस वर्षे जनयुद्ध नेपाली राजनितीको युगान्तकारी आन्दोलन वा विद्रोह भएको समेत वताइएको छ ।

नेपाली आमाका हजारौं सपुतहरुको उच्च बलिदानद्वारा आजको परिवर्तन सम्भव भएको हो, शुभकामना वक्तव्यमा थप भनिएको छ ‘यो ऐतिहासिक क्षणमा नेपाली जनताको मुक्तिका लागि आफ्नो बलिदान गर्नु हुने महान शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै बेपत्ता योद्धाहरुप्रति बिशेष स्मरण गर्दै घाइते योद्धाहरुप्रति सिघ्र स्वास्थ्यलाभको कामनासहित उच्च सम्मान प्रकट गर्दछौं । यो शुभ अवसरमा आम नेपाली जनताप्रति २९औं जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौं । अत: महान जनयुद्धका लक्ष्य, उदेश्यहरु अपूरा छन् ती अपूरा उदेश्यहरुलाई एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।’

शुभकामना वक्तव्यको पूरा पाठ:-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।