२९ बैशाख २०८१, शनिबार

चार महत्वपूर्ण निर्णय गर्दै समाजवादी माेर्चाकाे बैठक सम्पन्न

0

काठमाडौं– चार महत्वपूर्ण निर्णय गर्दै समाजवादी माेर्चाकाे बैठक सम्पन्न भएकाे छ ‌। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएकाे हाे ।
नेकपा महासचिव विप्लव सीकाे अध्यक्षतामा बसेकाे बैठकले समाजवादी माेर्चाका नाराहरूकाे भित्ते लेखन गर्ने, नेकपा मशालसहित वामपन्थीहरूलाई समाजवादी माेर्चाकाे विस्तारका लागि पत्रचार गर्ने, मिटर ब्याज पीडितहरूकाे समस्या समाधान गर्न सरकारलाई अनुराेध गर्ने, काठमाडौंसहित प्रदेश सदरमुकाममा अन्तरक्रिया गर्ने र समाजवादी माेर्चाकाे मुखपत्र प्रकाशन गर्ने निर्णय गरेकाे हाे ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सबै पार्टीका शिर्ष नेताहरूकाे सहभागिता रहेकाे नेकपा केन्द्रीय सदस्य तथा कार्यालय सचिव अडिग सीले बताए । बैठकमा नेकपाकाे तर्फबाट महासचिव विप्लवसहित स्थायी समिति सदस्य विषम सी, शिलु सीकाे उपस्थिति रहेकाे थियाे ।
माेर्चाकाे फागुन ६ गते बसेकाे बैठकले विप्लवलाई समाजवादी माेर्चाकाे संयाेजक बनाउने निर्णय गरेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।