३१ बैशाख २०८१, सोमबार

वर्तमान संकट र आमसञ्चारमा त्यसको  प्रभावबारे  चितवनमा बहस हुँदै

0

 

चितवन/ देशमा रहेको विद्यमान आर्थिक-राजनीतिक संकट र त्यसले आमसञ्चार क्षेत्रमा पारेको प्रभावबारे चितवनमा बहस हुने भएको छ । जनपत्रकार संगठन नेपाल बाग्मती प्रदेश समन्वय समिति र जनप्रकाशन तथा प्रचारप्रसार प्रा.लि.को संयुक्त आयोजनामा बहस हुन लागेको जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य सुर्य बरालले जानकारी दिएका छन् ।

शनिबार नारायणगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो ११: ४५ बजेबाट हुने उक्त कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा प्रचारप्रसार विभाग इन्चार्ज अनिल सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, संगठनका पूर्वअध्यक्ष प्रकाश डुम्रे, नेपाल पत्रकार महासंघका चितवन अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, अधिवक्ता नारायण गिरी, प्रेस सेन्टरका अध्यक्ष सुर्य पाठक लगायतका सञ्चार सम्बद्ध व्यक्तित्वहरुले सम्बोधन गर्ने बताइएको छ ।

अहिलेको आर्थिक -राजनीतिक संकट, त्यसले छापामाध्यम, रेडियो लगायत स्वरोजगार मुलक मिडिया र श्रमजीवी पत्रकारको दैनिकीमा पारेको प्रभावबारे अन्तरक्रियामा विमर्श हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।