५ जेष्ठ २०८१, शनिबार

युवा संगठन नेपाल बागलुङको छैठौं जिल्ला सम्मेलन सम्पन्न

0

बागलुङ: युवा संगठन नेपालको छैटौं जिल्ला सम्मेलन गलकोटमा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न युवा संगठन नेपालको छैठौं जिल्ला सम्मेलनबाट पुनः सुन्दर सीको अध्यक्षतामा २५ सदस्यीय युवा संगठन नेपाल जिल्ला कमिटी गठन गरेको छ । कार्यक्रम युवा संगठन नेपाल बागलुङ जिल्ला कमिटी अध्यक्ष सुन्दर सीको अध्यक्षता, सुधन सीको स्वागत र उपेन्द्र सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सीले नेपालमा पुँजीवादी व्यवस्थाको कारण केही मान्छेहरु मोटाउँदै गएको र जनताहरु झन् गरिब हुँदै गएकोले यो पुजीवादी व्यवस्थाको अन्त्य गर्दै नेपाली विशेषताको समाजवाद ल्याउदा जनताको हित हुने र अबको समयमा आवश्यकता भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल बागलुङले गलकोटमा आयोजना गरेको संगठनको छैठौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य सीले यो देशमा शिक्षामा सबैको पहुँच हुनुपर्ने कुरामा जोड दिए । उनले त्यसको लागि शिक्षा सरल र वैज्ञानिक हुनुपर्ने आवश्यकता औँल्याए ।

देश आर्थिक रुपमा टाँट पल्टिरहेको भन्दै पुराना पार्टी र पुराना नेताबाट अझै पनि आस गरेर बस्ने हो भने चाल्नोमा दुध दुएको जस्तै हुने उनले बताए । दलाल पूँजिवादको आफनो व्यवसाय उद्योग नहुने हुँदा देशमा रहेका ठुला पार्टीहरुका कारण कमिसन र भ्रष्टचार मौलाइरहेको ठोकुवा गर्दै यसको समाधानको निम्ति देशमा एउटा आन्दोलन र संघर्ष आवश्यक रहेको बताए । उनले मुठ्ठीभर मानिसको हातमा पैसा गइरहेकोले नागरिक चरम आर्थिक मन्दीमा फसिरहेको भन्दै सचेत बन्न आग्रह गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रिय सदस्य आकाश सी, नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय प्रतिनिधि तथा बागलुङ जिल्ला सेक्रेटरी उत्तम सी र युवा संगठन नेपालका केन्द्रिय सचिव विश्लेषण सीले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलन पूर्व युवा संगठन नेपाल बागलुङले राष्ट्रियता, नेपाली विशेषता सहितको समाजवादसहितका नारा लगाउँदै प्लेकार्ड, ब्यानर झण्डा लसहितको र्यालीले हटिया बजार परिक्रमा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।